• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माओवादी कार्यकर्ताले प्रहरी हवल्दारको रामधुलाई गरेपछि…

    1.6K
    SHARES



    रोल्पा । जिल्लाको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारको रामधुलाई गरेका छन्।

    त्रिवेणी गाउँपालिका वडा नं. ७ अँधेरीखोलामा मंगलबार बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले रामधुलाई गरेका हुन्।

    प्रहरी हवल्दार बाँठाको निधारमा चार वटा टाँका लगाउनु परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन्।

    घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिम विक्रम केसी लगाएतले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए। केसी गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए।

    डिएसपी घिमिरेका अनुसार कुटाइ खाने हवल्दार बाँठा प्युठानबाट सुनवलस्थित दंगामा सरूवा भएका थिए। बाँठा रमना लिएर बिदामा घर जाँदै गर्दा बाटोमा बसिरहेका माओवादीका कार्यकर्तासँग भेट भएको थियो।

    मोटरसाइकलमा सवार बाँठाले माओवादी कार्यकर्तालाई बाटोमा किन बसिरहेका हो ? भनेर सोधेपुछ गरेका थिए । त्यति मात्रै हैन बाँठाले तिमी हरूवा माओवादीहरु भन्दै निहुँ समेत खोजेको बुझिएको छ ।

    ‘प्रहरी हवल्दार बाँठाले तिमी हरूवा माओवादी भनेपछि किन हामीलाई हरूवा भन्ने? भन्दै उनीहरूले प्रतिवाद गरेकाे बुझिएको छ । डिएसपी घिमिरेले भने, ‘हामीले कुटपिटमा संलग्न व्यक्ति र पीडित हवल्दारलाई राखेर केहीबेरमा छलफल गर्दैछौं।’

    पीडित हवल्दार बाँठाले जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न खोजेपछि प्रहरी अधिकारी भने छलफलबाटै समस्या समाधान गर्ने उपायको खोजीमा लागेका छन्।

    घटनापछि दार्बोट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीले प्रहरी हवल्दार बाँठालाई उल्टै दुई घन्टा थुनामा राखेको तथा आक्रमणमा संलग्न माओवादी कार्यकर्तालाई अटोरिक्साबाट घरतर्फ पठाएको आरोप बाँठाको छ।

    घटनाबारे छलफल तथा अनुसन्धान जारी रहेको प्रहरी अधिकारीले बताएका छन्। माओवादी कार्यकर्ताहरुले प्रहरी हवल्दारको गल्ति भएको भन्दै कारवाहीको माग गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ