• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    नेकपा (बहुमत)द्वारा वार्ता टोली पुनर्गठन, देउवा सरकारलाई गरायो जानकारी

    4.1K
    SHARES

    काठमाडौँ । पुनर्गठित नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले सरकारसँग वार्ता गर्नका लागि वार्ता टोली पनि पुनर्गठन गरेको छ । बहुमतले पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रबक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’को नेतृत्वमा ४ सदस्सीय वार्ता टोली पुनर्गठन गरेको हो ।

    वार्ता टोली पुनर्गठन गरिएकोबारे बहुमतले सरकारलाई जानकारी समेत गराएको छ । जेठ १८ गते पत्र लेखेर औपचारिक रुपमा वार्ता टोली पुनर्गठन गरिएकोबारे सरकारलाई जानकारी दिइएको वार्ता टोलीका सदस्य उदय बहादुर चलाउने ‘दिपक’ले सञ्चारकेन्द्रलाई बताए।

    तत्कालिन नेकपामाथि सरकारले प्रतिबन्ध लगाएका बेला देशका विभिन्न जिल्लामा नेकपाका नेता-कार्यकर्तामाथि प्रहरीले धरपकड गरेर ३ हजार भन्दा बढीलाई गिरफ्तार गरि झुट्टा मुद्दामा जेल हिरासतमा राखेको थियो । उनीहरुमध्ये अझै पनि ३४ जना नेता-कार्यकर्ता जेलमै छन् ।

    हालसम्म छुटेका नेता-कार्यकर्ता पनि सरकारसँग भएको सहमति अनुसार झुट्टा मुद्दा खारेजी भएर रिहा भएका भने होइनन् । उनीहरु आफै कानुनी लडाई लडेर अदालतले मुद्धा फैसला गरेपछि रिहा भएका हुन् ।

    बाँकी जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ, झुट्टा मुद्दाको खारेजी र आफ्नो पार्टीले अगाडी सारेका राजनीतिक मागका बारेमा सरकारसँग बार्ता गर्नबार्ता टोली पनि पुनर्गठन गरिएको चलाउनेले बताए ।

    तत्कालिन अवस्थामा  नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ता गर्न पार्टीका प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ