• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पिडित युवतीका लागि न्याय माग्दै नेकपा (बहुमत) निकट क्रान्तिकारीद्वारा प्रदर्शन

    2.6K
    SHARES



    काठमाडौँ । एक युवतीले किशोरावस्थामा आफु बलात्कृत भएको आठ वर्षपछि घटना सार्वजनिक गरेपछि अहिले सबैको ध्यान त्यता केन्द्रित भएको छ ।

    सामाजिक सञ्जाल टिकटकमा विभिन्न भिडियोहरु बनाउँदै ति युवतीले सौन्दर्य प्रतियोगिताका आयोजकले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।

    पछिल्लो समय भने ‘मिस ग्लोबल इन्टरनेस्नल’का आयोजक मनोज पाण्डेको आफूलाई बलात्कार गरेको उनले सार्वजनिक गरेकी छन् । ति युवतिले यस्तो खुलासा गरेपछि चौतर्फी उनको न्यायका लागि आवाज उठेको छ ।

    शुक्रबार मात्रै नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले काठमाडौँमा पिडितलाई न्यायको माग गर्दै प्रदर्शन गरेको छ । उक्त कार्यक्रममार्फत क्रान्तिकारीले बलात्कार घटनाका दोषिलाई कडा कारवाहीको माग गरेको छ ।

    पिडितलाई न्याय दिलाउनका लागि राज्यलाई दवाव दिन क्रान्तिकारीको आयोजनामा भएको उक्त प्रदर्शनमा सङठनका नेता सुरेन्द्र बस्नेत,नेतृ रुपा बुढामगर लगाएतले सम्बोधन गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ