• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्पोरेट विजनेश

    माछापुच्छ्रे बैंकका ग्राहकले एम आइ शाओमी र पोको फोन शुन्य प्रतिशत इएमआइमा पाउने

    3.3K
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले एम आइ शाओमी र पोको ब्राण्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु शुन्य प्रतिशत इएमआइमा पाउने भएका छन् ।

    ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक र भास्टल इम्प्लेक्स प्रालि बीच बैंकको इन्स्टा पे सुविधा मार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता पश्चात हताक्षर गरिएको हो । उक्त सम्झौतापत्रमा भास्टल इम्प्लेक्स प्रालिको तर्फबाट डाईरेक्टर नितेश कुमार मुन्द्र तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ्क श्री विनय रेग्मीले हस्ताक्षर गरेका थिए ।

    सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि शुन्य प्रतिशत इएमआइमा इन्स्टा पे मार्फत पन्ध्र हजार देखि एम आइ शाओमी र पोको बा्रन्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु गरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा इन्स्टा पे बाट पाउन सक्नेछन् ।

    हाललाई यो सुविधा भास्टल इम्प्लेक्स प्रालिको काठमाण्डौ स्थितशोरुम मार्फत प्रदान गरिने बैंकले जनाएको छ । बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

    माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया