• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कलिउड मनोरञ्जन समाचार

    बिहे गरेको हप्तादिनमै श्रीमानलाई छोडेर अमेरिका किन उडिन नायिका केकी अधिकारी ? यस्तो छ रहस्य

    4.9K
    SHARES

    काठमाडौँ । अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् ।  रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् ।

    उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मासँगै छिन् । उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ । रीमा उक्त कार्यक्रमको होस्ट हुन् ।

    केकीलाई एयरपोर्ट पुर्याउन भने रोहित पुगेका थिए ।  झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् । केकीलाई लिन र विवाहमा सहभागी हुन रीमा केही साता अगाडि मात्र अमेरिकाबाट नेपाल आएकी थिइन् ।

    केकी अधिकारीले प्रेमी रोहित तिवारीसँग बिहीबार विवाह गरेकी हुन्। बिहेको तस्बिर सार्वजनिक गर्दै केकीले आफूहरूले जीवनको नयाँ अध्याय सुरू गरेको बताएकी थिइन्।

    उनले दर्शकसमक्ष विवाहको समाचार बाँड्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको समेत बताएकी छन्। व्यवसायी रोहित ‘हाम्रो बजार डटकम’ का प्रमुख कार्यकारी अधिकृत तथा फुडमारियोका सहसंस्थापक एवम् सिइओ हुन्।

    त्यति मात्रै होइन रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिकाधनाढ्यको सूचीमासमेत परेका थिए। त्यसपछि उनको चर्चा नेपालमा चलेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ