• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ऋषि धमलाले प्लेनभित्र यस्तो काण्ड मच्चाएपछि हंगामा, चौतर्फी आलोचना, भिडियोसहित

    3.8K
    SHARES



    काठमाडौँ । पत्रकार ऋषि धमलाले उडिरहेको जहाज भित्रै उदण्डता मच्चाएपछि चौतर्फी आलोचना भएको छ ।

    आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा धमलाले जहाजभित्र रिपोर्टिङका नाममा केबिन क्रुमाथि धमलाले अभद्र व्यवहार देखाएर लफडा गरेका थिए ।

    उनले लाइभ रिपोर्टिङ भन्दै जबर्जस्ति जहाजको ककपिटमा घुस्न खोजेपछि २ जना केबिन क्रुले उनलाई भित्र प्रवेश नगरिदिन आग्रह गरेका थिए । तर धमला बुम र क्यामेरा बोकेर उनीहरुलाई धकेल्दै भित्र पसेको भिडियोमा देख्न सकिन्छ ।

    केबिन क्रुले आफुहरुको जागिर नै धरापमा पर्ने काम नगरिदिन पटकपटक आग्रह गर्दा पनि धमलाले टेरेनन् उनी जबर्जस्ति भित्र घुसे । धमलाले उक्त भिडियो प्राइम टाइम टेलिभिजनको युट्युब च्यानलमा हालेका छन् ।

    उक्त भिडियो धमला आफैले सार्वजनिक गरेकोपछि उनको चौतर्फी आलोचन भइरहेको छ । त्यतिमात्रै हैन प्रेस काउन्सिल नेपालले धमलालाई विमान भित्रै रिपोर्टिङ गरेको विषयमा २४ घण्टे स्पष्टीकरण नै सोधेको छ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा विमानबाटै रिपोर्टिङ गरेको विषयमा प्रेस काउन्सिलले धमलासँग स्पष्टीकरण मागेको हो।

    प्राइम टाइम टेलिभिजनका सञ्चालक समेत रहेका पत्रकार धमलाले विमान भित्रै रिपोर्टिङ गरेका भन्दै आलोचना भइरहेका बेला काउन्सिलले धमलाको रिर्पोटिङमा ध्यानाकर्षण भएको भन्दै २४ घण्टाभित्र जवाफ मागेको छ।

    काउन्सिलले धमलालाई सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी बलजफ्ती निशेष गरिएको क्षेत्रमा प्रवेश गरी दृश्यसहित किन प्रत्यक्ष प्रसारण गर्नुपरेको हो र पत्रकारिता क्षेत्रको मर्यादा विश्वसनियता समेत नकरात्मक असर पार्ने कार्य के कसरी हुन गएको हो र पटक पटक किन गैर पेशागत कार्य भएको हो र २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न धमलालाई सूचित गरेको छ।

    स्पष्टीकरणमा पत्रमा पत्रकार धमलाले केही समय अघि बारको बैठक भित्रै प्रवेश गरि रिपोर्टिङ गरेको घटनालाई पनि नोटिस गरेको उल्लेख गरिएको छ।

    प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमको मर्यादा राख्न स्वयं पत्रकार नै सचेत हुनुपर्ने बताए, उनले हातमा बुम र क्यामेरा बोकेकै भरमा जहाँ पनि रिपोर्टिङ गर्न नपाइने बताउँदै सबै सञ्चारकर्मीले पत्रकार आचारसंहिताको दायराभित्र बसेर मर्यादित काम गर्न आग्रह गरे।

    बस्नेतले पत्रकारले शिष्ट र मर्यादित भई रिपोर्टिङ गर्दा जनविश्वास र पेशागत मर्यादा बाढ्नेतर्फ ध्यान दिनुपर्ने बताए। उनले पत्रकारबाट आचारसंहिता उल्लङ्घनका घटना रोक्न काउन्सिल सक्रिय रहने बताए। हेर्नुहोस भिडियो

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया