• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    हिसिला यमीले फेसबुकमा यस्ताे तस्वीर राखेपछि धेरैका आखा रसाए, को हुन यी बाबा बनेका पुर्व लडाकु

    92.4K
    SHARES



    काठमाडौं । सोमबार राति सवा १० बजे नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पत्नी हिसिला यमीले फेसबुकमा एउटा भाबुक स्टाटस लेख्दै एक जना ब्रह्म्चार्य बाबासँगको तस्बिर पोस्ट गरिन । जसले हिसिलालाई चिन्ने धेरैको ध्यान उक्त तस्बिरतिर तानयाे । स्टाटसमा लेखिएको थियो- ‘म रामपरीक्षण साफीलाई भेट्दा आचार्यचकित भए  ।

    जनयुद्धका एक प्लाटुन कमाण्डर अहिले सामन्य ब्रह्माचार्यको रुपमा लाहानमा बसिरहेका रहेछन्, उनलाई भेट्दा हामी दुवै भावुक अर्थात पिडामा थियौ । जब मैले उनलाई सोधे की तपाईले जनयुद्धकालिनर अहिलेकाे जीबनमा के फरक पाउनुभयो ? तव उनले भने – ‘जीवन उतिबेला पनि चुनौतीपूर्ण थियो र अहिले पनि चुनौतीपूर्ण नै छ ।’

    हिसिलाको उक्त स्टाटसपछि नेपाली राजनीतिमा रहेका हिजोका उनका सहयात्री, उनका नेता, कमाण्डर र उनका सदस्य सबैको मन एक पटक कटक्क खायो । धेरैलाई जनमुक्तिसेनाका एक पुर्ब प्लाटुन कमाण्डर हालका बाबाको तस्बिरले सोच्न बाध्य बनायो यो कसरी सम्भब भयो ? नेपालमा जनवादी गणतन्त्र ल्याउने र संसारभर साम्यवादी ब्यबस्था ल्याउने कल्पना गरेर जनयुद्धमा होमिएका बिज्ञानलाई आत्मसात गर्ने एक जनमुक्तिसेनाका कमाण्डर हिजो रुढीवादको चर्को विरोध गर्ने उनि हाल त्यहि रुढीवादी संस्कारको सिकार कसरी भए होलान ?

    हिसिलाले अपलोड गरेको तस्बिरमा देखिएको उनको यो रुप देखेर जो कोही चकित पर्ने नै भए । उहिलेका परिवर्तनका संवाहक जनमुक्तिसेनाका कमाण्डर अहिले जोगी अर्थात् ‘बाबा’को भेषमा देखिन्छन् यो कसरी भयो ? यि प्रश्नहरुले अझ माओवादी आन्दोलनमा लागेका हजारौं मान्छेको मस्तिष्कमा भूकम्प पैदा गरिदिएको छ ।

    त्यहि जनयुद्ध, जसले केहीलाई शान्तिप्रक्रियाका १० बर्षको अबधिमा आधा दर्जन पटक सत्ताको स्वाद दिलायो भने केहीले सत्ता बाहिरै रहेर पनि करोडपति हुने अबसर पाए । माओवादी जनयुद्धले उठाएका केही मुद्दा पुरा भएका पनि छन् तर यो केवल सानाे अंश मात्र हो । जनयुद्धमा होमिएका केही पूर्व लडाकु कमाण्डर परिवार पाल्ने पैसा कमाउँन मरुभूमि पुगेका छन्।

    माओवादी नेताहरु आफैले बाँडेका सपनाको हत्या आफैले गरेर शहरका आलिशान महलको जिन्दगी जिउन थालेपछि माओवादी आन्दोलनका सयौं संख्यामा रहेका जिउँदा सहिदहरू समाजमा छन् । शान्तिप्रकृयापछि समुचित व्यवस्थापन नहुँदा हजारौं नेताकार्यकर्ताहरू टुटफुट र विभाजनमा विभक्त छन्, हजारौ माओवादी जनसेनाहरु स्वदेश तथा विदेशमा विचलित र निर्वासित जीवन बिताउन विवश छन्।

    उनीहरुका सर्बोच्च कमाण्डर नन्दबहादुर पुन ‘पासाङ’ यो देशको २ पटक उपराष्ट्रपति बनिसकेका छन् । माओवादी जनयुद्धका मुख्य नेतृत्व जनमुक्तिसेनाका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड‘ २ पटक प्रधानमन्त्री भइसकेका छन्। माओवादी शान्ति प्रक्रियामा आएपछि सक्नेले शहर बसाइ सारे, अकुत सम्पति कमाए । सत्ता शक्ति र मोज मस्तिका लागि नलडेका तर न्यायको युद्धमा भने भाग लिएका उनले शान्तिप्रक्रिया पछिको राजनीतिलाई बुझ्न सकेनन् सायद त्यसैले यस्तो विचलनको बाटो रोजे ।

    जनयुद्धको समाप्ति भएको घोषणा गरेका प्रचण्ड आफैले संसदवादी, प्रतिक्रियावादी घोषणा गरेको एमालेसँग पार्टी एकता गर्ने तयारी गरेर माओवादी धरातल छोड्ने निश्चित भएपछि प्रचण्ड र माओवादी आन्दोलनसँग उनकाे साइनो सायद तोडिसकेको हुनुपर्छ । उता माओवादी आन्दोलन छोडेर नयाँ शक्ति पार्टी खोलेका बाबुराम भट्टराई पत्नी यमी र माओवादी आन्दोलनका साथै कम्युनिष्ट सिद्धान्त नै परित्याग गरी साधु अर्थात् बाबा भेषमा सार्वजनिक भएका साफीसँगैको तस्बिर यमीले फेसबुकमा पोस्ट गरेपछि यसको चर्चा चुलिएको हो।

    रामपरीक्षण साफी सिरहा नगरपालिका-१ लक्ष्मीनियाँका स्थानीय वासिन्दा हुन् । उनलाई माओवादी जनयुद्धको बेला ‘पहाड’ उप नामले बोलाइने गरिन्थियो । २०५३ सालमा माओवादी सशस्त्र युद्धमा होमिएका रामपरीक्षण २०५५ सालमा जनमिलिसिया हुँदै जनमुक्ति सेनामा प्रवेश गरेका थिए ।

    उनि विस्तृत शान्ति सम्झौताअनुसार देशैभरी सात डिभिजन र २१ ब्रिगेडमा जनमुक्ति सेना क्यानटोनमेन्टमा क्याम्पिङ भएपछि दोस्रो डिभिजन अन्तर्गत सिन्धुलीको कोकटीमा रहेका सोलुसल्लेरी स्मृति ब्रिगेडको प्लाटुन कमाण्डर रहेका थिए । तर, सेना समायोजनको बेला साफीले पाँच लाख लिएर स्वेच्छिक अवकास लिएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ