• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    श्रमजीवी-पत्रकार संघ कर्णाली प्रदेश समिति गठन, अध्यक्ष शेजुवाल

    4.6K
    SHARES



    काठमाडौँ । श्रमजीवी-पत्रकार संघ, नेपालकाे कर्णाली प्रदेश कमिटी गठन भएकाे छ । पत्रकार विवशकुमार सेजुवालकाे नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति घाेषणा गरिएकाे हाे ।

    केन्द्रीय अध्यक्ष जन्मदेव जैसीकाे प्रमुख आथित्यतामा घाेषणा कार्यक्रममा १० जिल्लाका पत्रकारहरुकाे प्रतिनिधित्व थियाे । कार्यक्रममा अध्यक्ष जैसीले संगठनकाे उद्देश्य, गठनकाे एक वर्षमा भएका प्रगति विवरण, र कर्णाली प्रदेशमा संगठनले निर्वाह गर्ने भूमिका विषयमा स्पष्ट गरेका थिए ।

    पत्रकार महासंघका महासचिव खगेन्द्र भट्टराई, जिल्ला अध्यक्ष लाेकराज वस्याल, समाजवादी प्रेस नेपालका सुर्खेत अध्यक्ष देव।रानालायतले नवनिर्वाचित अध्यक्षलगायतकाे टिमलाई बधाईसहित सफल कार्यकालकाे शुभकामना दिए ।

    विवशकाे अध्यक्षतामा यसै साता २१ सदस्यीय समितिकाे बैठक बसी पदाधिकारी चयन तथा प्रदेश समितिले कर्णालीमा चाल्ने आगामी कदम र याेजना पनि तय गर्ने नवनिर्वाचित अध्यक्ष सेजुवालले वताए ।

    समितिकाे सल्लाहकारमा देवीराम देवकाेटा, कृष्णराज धमाला, रमेश रावल, ललित बस्याल रहेका छन् । यस्तै संगठनले अब देशभर संगठनका प्रदेश र जिल्ला कमिटीहरु बिस्तार गर्ने जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ