• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मन्त्रीसँग सम्बन्ध राख्न दबाबपछि मोडल उपाध्यायले बुवालाई फोन गरिन, त्यसपछि ६ तलाबाट….

    3.3K
    SHARES



    काठमाडौं । चर्चित मोडल गुनगुन उपाध्यायले होटलको ६ तलाबाट हाम फालेर जीवन त्यागको प्रयास गरेकी छिन् ।उनको अवस्था अहिले सामान्य रहेको छ । तर यो विषयमा नयाँ खुलासा भएको हो । उनका आफन्तले उनलाई ब्ल्याकमेल गरिएको बताएका छन् ।

    फोटोसुटको नाममा केही व्यक्तिले उनले नुहाएको भिडियो बनाएका थिए । भिडियो बनाएपछि राजस्थान सरकारका मन्त्री रामलाल जाटसँग सम्बन्ध कायम गर्न दबाब दिइयो ।

    प्रहरीले मोडललाई सोधपुछ गरी बयान लिएको छ । प्रहरीले भने यसबारे केही खुलाउन आनाकानी गरिरहेको छ । मोडलका भाइले भारत, राजस्थान, जोधपुरको रतनदा प्रहरी चौकीमा ब्ल्याकमेलिङको मुद्दा दायर गरेका छन् ।

    फोटो खिच्ने बहानामा अन्तरंगका भिडियो बनाइयो -मोडलका आफन्तका अनुसार उनी सारी र गहनाको मोडलिङका लागि उदयपुर गएकी थिइन् । उदयपुरका दीपिका र अक्षत नामका व्यक्तिहरूले उनलाई मोडलिङ गराए ।

    त्यहाँबाट भिलवाडा लगियो । उनीहरू सर्किट हाउसको अगाडिको होटलमा बसेका थिए । त्यसपछि ति दुबैले बाथरुममा नुहाउँदै गरेको मोडलको आपत्तिजनक भिडियो बनाए । भिडियो बनाएपछि मोडलललाई भिलवाडाको सर्किट हाउसमा बसेका एक नेताकहाँ पठाइयो ।
    मोडलले यो कुरा अस्वीकार गरेपछि ब्ल्याकमेल गर्न थालेको खुलेको छ । उनीहरूले भनेका थिए, ‘हामीसँग तिम्रो भिडियो छ, भाइरल बनाइदिन्छौँ ।’

    नेतालाई पनि फसाउने योजना -परिवारका अनुसार दीपिका र अक्षतको नेतालाई पनि फसाउने योजना थियो । मोडलले यो कुरा आफ्नो परिवारका सदस्यलाई बताएकी थिइन् ।

    भिलवाडा सर्किट हाउसमा बसेका नेतासँग मोडलको आपत्तिजनक भिडियो बनाएर ति नेतालाई ब्ल्याकमेल गर्ने षड्यन्त्र निर्माण भइरहेको थियो । मोडलले यो सबै कुरा आफ्नो परिवारका सदस्यहरूलाई स्पष्ट रूपमा बताएकी थिइन्। भिलवाडाबाट भागेर उदयपुर गएको पनि बताइएको छ । उदयपुरबाट उनी जोधपुर पुगिन् ।

    यस अवधिमा उनले बुबा र भाइसँग सम्पर्क राखिन् । यो बीचमा बुवा गणेश उपाध्यायले सम्झाइ बुझाई गरेको देखिन्छ । उनलाई लिन उनका बुवा स्टेशन आइपुगेका थिए । बुवा आउने समयमा मोडल होटल लर्ड्स पुगिन् ।

    बुबा र भाइलाई फोनमा पठाएको म्यासेजका आधारमा प्रहरीले रतनदा प्रहरी चौकीमा मुद्दा दर्ता गरेको छ । उदयपुरका युवक र युवतीको लोकेसन पनि ट्रेस गरेको छ । सोमबार राति प्रहरी जोधपुरबाट उदयपुरतर्फ प्रस्थान गरेको थियो । उनीहरूको साथबाट एउटा गाडी समेत बरामद गरिएको छ ।

    फोनमा सबै कुरा सुनाइन् -उदयपुरबाट आउँदा फोनमा मोडलले आफ्नो सबै कुरा सुनाएको परिवारले बताएको छ । आफूमाथि गलत व्यवहार भएको भन्दै जीवन त्याग गर्न लागेको कुरा उनले परिवारलाई बताएकी थिइन् ।

    बुबाले धेरै सम्झाए, तर पनि उनले १६, माघ, साँझ जीवन त्याग गर्ने प्रयास गरिन् । जीवन त्यागका लागि उनले रतनदा पीडब्लुडी चोकमा रहेको होटल लर्ड रोजिन् ।
    तर ६ तलाबाट होटलको पार्किङमा राखिएको कारमा खसेपछि कारको सिसा उनको शरीरमा परेको थियो । उनको शरीर धेरै ठाउँमा भाँचिएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आइरहेको छ । भाग्यवश उनी बाँच्न सक्ने सम्भावना धेरै छ ।

    बयान दिएपछि फेरि बोलाइन् -प्रहरीले करिब एक घण्टा’ सम्म उनको बयान लियो । जब प्रहरी हिँड्न थाल्यो, तब मोडेलले इशारा गर्दै रोकिन् । प्रहरीलाई रोकेर उनले भनिन्, ‘मैले अझै केही भन्नु छ ।’

    त्यसपछि आधा घन्टासम्म उनले अरु कुरा पनि सुनाइन् । अनुसन्धानमा जोधपुरको होटल र रेष्टुरेन्टको पूर्ण जानकारी रहेको खुलेको छ । होटल व्यवसायीले पनि उनलाई चिन्थे । त्यसैले उनी सिधै होटेलमा आइन् र छतमा गइन् । त्यहाँबाट हाम फालिन्, तर भाग्यले साथ दिएपछि उनको मृत’ ्यु भएन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया