• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विप्लवको दुखमा प्रचण्ड र वैद्यसहित क-कसले दिए साथ ?

    3.2K
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका नेता तथा नेकपाका महासचिव विप्लवका जेठा दाजु वीरजङ्गकाे दुखद निधनप्रति दुख व्यक्त गरेकोे छन् ।

    शिवगढी स्थित निवासमा आयाेजित श्रद्धाञ्जली कार्यक्रममा नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, पूर्वसभामुख एवम् माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले प्रेषण गरेको शोक तथा समवेदनापत्र पठाएका थिए । उक्त समवेदना पत्र श्रद्धाञ्जली सभामा वाचन गरिएको थियो ।

    श्रद्धाञ्जली कार्यक्रममा पार्टी महासचिव विप्लवले नेता वीरजङ्गले अन्तिम समयमा ‘आन्दोलन र क्रान्तिलाई धोका नहोस्’ भनी एकीकृत जनक्रान्ति र जारी वर्गसङ्घर्षप्रति चिन्ता व्यक्त गरेको स्मरण गराउँदै भने, ‘कमरेड, तपाईको सपना हामी पूरा गर्नेछौँ । देश, जनता, हाम्रो वर्ग र जारी क्रान्तिलाई धोका हुनेछैन ।’

    श्रद्धाञ्जली मन्तब्य दिने क्रममा महासचिव विप्लवले जिवनकाे अन्तिम क्षणमा हस्पिटलकाे सैयाबाट म त बाच्दिन हाेला तर जनतालाई धाेका नदिनु भन्ने सन्देश दिएकाे उल्लेख गर्दै गर्दा उनी राेकिए भावविह्वल महासचिव विप्लवले सम्बाेधन निरन्तरता दिदै गर्दा श्रद्धाञ्जली सभामा उपस्थित सबैका आँखा रसाए, सबैले आँसु झारे । समयले नेटाे काटिसकेकि सेतै फुलेकि आमाकाे काख नजिक बसेर विप्लवले श्रद्धाञ्जली दिदै गर्दा मावल नै शाेकमग्न भयाे ।

    महासचिव विप्लवले नेता वीरजङ्गलाई क्रान्तिकारी र इमानदार योद्धाका रूपमा स्मरण गरे । सहयोद्धा र अभिभावक दुवै भूमिका एकसाथ निर्वाह गरेको स्मरण गर्दै महासचिव विप्लवले योद्धा वीरजङ्गका योगदानहरूको जति प्रशंसा गरे पनि कमै हुने बताए ।

    नेता वीरजङ्गप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले शोकसन्तप्त पार्टी महासचिव विप्लव, आमा, नेता वीरजङ्गका परिवारका अन्य सदस्य र पार्टीपङ्क्तिप्रति हार्दिक समवेदना प्रकट गरे । उनले भने, ‘हामी कमरेड वीरजङ्गका अधुरा सपना र सदीच्छा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

    श्रद्धाञ्जली कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले नेता वीरजङ्ग कर्मठ, इमानदार र लगनशील रहेको बताए । उनले जनयुद्धदेखि हाल जारी एकीकृत जनक्रान्तिसम्म नेता वीरजङ्गको अनुकरणीय र अतुलनीय योगदान रहेको बताए ।

    कार्यक्रममा नेकपाका जवस मोर्चाका तर्फबाट पार्टी केन्द्रीय सदस्य एवम् अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, नेकपा माकेका नेता एवम् पूर्वमन्त्री चन्द्रप्रकाश खनाल, सङ्घीय सांसद अभिशेकप्रताप शाह, पूर्वसांसद, संसद् सदस्य र प्रदेश सांसदहरू विनोदकुमार उपाध्याय, रामलोटन तिवारी, इलियस मुसलमान, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, स्थानीय उद्योग वाणिज्य सङ्घ र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

    त्यसैगरी श्रद्धाञ्जलीसभामा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, कपिलवस्तु महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल कलाम मुसलमान, राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला अध्यक्ष दधिराम आचार्य, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पिताम्बर आचार्य, वामपन्थी बुद्धिजीवी मेघराज ज्ञवाली, स्थानीय जनसमुदाय, विभिन्न सामाजिक व्यक्तित्वहरूले नेता वीरजङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

    यस्तै नेता बिरजङ्गको निधनमा दुख ब्यक्त गर्दै जनसमाजवादी मन्च नेपालका संयोजक कृष्ण धमला ‘गम्भीर’ले आज एक शोक बक्तब्य निकाले छन् । धमलाले तत्कालिन ओली सरकारले गिरफ्तार गरेर जेल हाल्दा गरेको लापरबाहीका कारण नै नेता बिरजङ्गको निधन भएको भन्दै दुख ब्यक्त गरेका छन् ।

    धमलाले नेता बिरजङ्ग एक निडर, शाहासी नेता हुनुका साथै सबैसँग मिल्ने मिजासिला सहयोद्दा भएको पनि बताएका छन् । एउटा आदर्शवान र स्पष्ट छवि भएका नेताको निधनले आफुलाई निकै मर्माहत बनाएको कुरा धमलाले शोक बक्तव्य मार्फत जनाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ