काठमाडौँ । एक अध्ययनका अनुसार रातमा बारम्बार बिउँझिने महिलाहरुको कम उमेरमा मृत्यु हुने सम्भावना धेरै हुन्छ । ८ हजार पुरुष र महिलाहरूमाथि गरिएको एक अनुसन्धानले उक्त तथ्य पत्ता लगाएको हो ।
अनुसन्धानकर्ताका अनुसार रातिमा बारम्बार निन्द्रा खुल्नुका विभिन्न कारणहरु हुन सक्छन् । यो मस्तिष्कको एक प्राकृतिक प्रक्रिया हो । हात गोडामा अचानक पीडा हुनु, दुख्नु, कुनै पनि प्रकारका ट्रमा वा सास फेर्न समस्या हुनु जस्ता समस्याले रातिमा निन्द्रा अचानक खुल्न सक्छ । यसका कारण पर्याप्त निदाउन सकिदैन । यसलाई (unconscious wakefulness) भनिन्छ ।
अष्ट्रेलियाको एडिलेड विश्वविद्यालयको नेतृत्वमा गरिएको अनुसन्धानमा यस्तो समस्या बारम्बार हुनुको पछाडि उच्च रक्तचाप वा अन्य स्वास्थ्यसम्बन्धी समस्या भएको पत्ता लागेको छ । अनुसन्धानको क्रममा तीनवटा अलग–लगत डाटाको प्रयोग गरिएको थियो ।
सहभागीहरुलाई एक रातभर निदाउँदा स्लीप ट्र्याकर लगाइएको थियो । सहभागी सबैलाई राति कति समय निदाउने र कति समयको लागि बिउँझिने भन्ने कुराको ख्याल राखिएको थियो । सहभागीहरुलाई ६ देखि ११ वर्षसम्म यो प्रक्रियाको विषयमा ध्यान दिएका थिए ।
उक्त अनुसन्धानका प्रमुख तथा लेखक एसोसिएट प्रोफेसर माथियास बोमर्ट र उनका सहयोगीहरुले पुरुषको तुलनामा महिलाहरु बढी बिउँझिने गरेको पत्ता लगाएको बताएका छन् । जसले गर्दा महिलाहरु हृदयरोगका कारण सानो उमेरमा नै ज्यान गुमाउँछन् । जुन महिला रातिमा धेरै बिउँझिन्छन् उनीहरुको सानो उमेरमा नै मृत्यु हुने सम्भावना ६० देखि १०० प्रतिशत हुन्छ ।
युरोपियन हर्ट जर्नलमा प्रकाशित निष्कर्शका अनुसार पर्याप्त निदाउने पुरुषहरूको हृदयरोगका कारण मृत्यु हुने सम्भावना २७ प्रतिशत र हृदयरोग लाग्ने सम्भावना ९.६ प्रतिशत हुन्छ । तर, जो व्यक्ति निन्द्राबाट धेरै बिउँझिन्छन् ती व्यक्तिहरुको हृदयरोगबाट मृत्यु हुने सम्भावना १३.४ प्रतिशत र अन्य कारणबाट मृत्यु हुने सम्भावना ३३.७ प्रतिशत हुन्छ ।
नेदरल्याण्डस्थित मास्ट्रिच युनिभर्सिटी मेडिकल सेन्टरका कार्डियोलोजी विभागमा एसोसियट प्रोफेसर तथा सह–लेखक डोमिनिक लिंजले महिला र पुरुषबीच यस्तो भिन्नता किन भएको हो भन्ने बारेमा स्पष्ट नभएको बताए ।
उनले रातिमा बिउझिँदा शरीरले कस्तो प्रकारको प्रतिक्रिया दिन्छ भन्ने बारे बुझ्न सकिने बताए । उनले ठूलो हुँदा, मोटो हुँदा वा घुर्ने समस्यालाई सजिल्यै हल गर्न नसकिएपनि बीएमआई र स्लीप एपनियालाई मोडिफाई गर्न सकिने बताए । जसले अराउजल बर्डन कम गर्न सकिन्छ ।
अपर्याप्त निन्द्राले हृदयसम्बन्धी विभिन्न समस्याहरु पैदा गर्छ । र यसबाट मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । शरीरको चक्रमा रोकावट आउँदा सर्केडियन रिदम हुन्छ । जसले धमनीहरुमा बोसोको निर्माण गर्छ । जसले गर्दा निन्द्रा बिग्रिने समस्याले मुटुसम्बन्धी रोगहरु लाग्छ ।
डिप्रेसन र आ’त्मह’त्याको बारेमा सोचिरहेका साथीलाई कसरी गर्ने मद्दत ?
कुनै पनि व्यक्तिको मनभित्र चलिरहेको उथलपुथललाई बुझ्न सजिलो हुँदैन । कुनै पनि व्यक्तिको मनभित्र भएका डिप्रेशनको लक्षण पत्ता लगाउन निकै मुश्किल हुन्छ । मुस्कुराहतभित्र लुकेको हारको भावना सजिल्यै बाहिर देखिदैन । धेरैजसो उदास व्यक्तिहरुको मनमा बारम्बार आ’त्मह’त्याको सोच आउने गर्छ । त्यसैले, आफ्ना साथीहरुमध्ये कोही यस्तो अवस्थाबाट गुज्रिरहेका छन् भने तपाईंले भावनात्मक रुपमा सहयोग गर्न सक्नुहुन्छ ।
उदास व्यक्ति आ’त्मह’त्याको तरिकाका बारेमा सोचिरहन्छ । देखभाल र भोकको कमिका कारण उनको तौल कम भइरहेको हुन्छ । डिहाइड्रेड देखिन्छ । डिप्रेसनबाट पीडित व्यक्तिहरुले आत्महत्या गर्ने सम्भावना २० गुना बढी हुन्छ । हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आ’त्मह’त्या र रोकथामको विषयमा जागरुकता फैलाउने गरिन्छ ।
आ’त्मह’त्यालाई रोकथाम गर्न सकिन्छ । सुरुवाती स्तरमा डिप्रेशनको पहिचान गर्न सकिएमा असहाय व्यक्तिको उपचार गर्न सकिन्छ । डिप्रेशन मानसिक रोगको आम समस्या हो । यो सबै उमेरका व्यक्तिमा हुन्छ । मनोवैज्ञानिक, पर्यावरणीय, सामाजिक र जेनेटिक फ्याक्टरका कारण यो समस्या हुन्छ ।
डिप्रेशनमा जेनेटिक्सको भूमिका धेरै हुन्छ । पारिवारिक रुपमा यो समस्या हुने गर्छ । भिटामिन बी १२ र भिटामिन डीको कमि पनि डिप्रेशनसँग सम्बन्धित हुन्छ । मधुमेह, हाइपोथायरायडिज्म, क्रोनिक बिरामी जस्ता पार्किंसन, एचआईभीले पनि डिप्रेशन पैदा गर्छ ।
उदास हुनु, चिडचिडाहट हुनु, मन दुखी हुनु, सामान्य कामकाजमा दिलचस्पी नहुनु, विनाकारण थकाइ लाग्नु, धेरै सुत्नु (हाइपरसोमिया) वा कम सुत्नु (इनसोमनिया), भोक लाग्नु , कम भोक लाग्नु, तौलमा घटबड हुनु, यौन इच्छामा कमि आउनु, निराशा, असहाय, व्यर्थ महसुस गर्नु र आफूलाई नै नोक्सान गर्ने विचार आउनु डिप्रेसनका लक्षणहरु हुन् ।
डिप्रेसनमा भएका व्यक्तिहरुसँग कुराकानी गर्ने गर्नुपर्छ । आफ्ना साथीभाई, आफन्तमध्ये कसैलाई यस्तो समस्या भएमा खुलेर कुराकानी गर्ने गर्नुस् । उनीहरुसँग डिप्रेसनको विषयमा यसको लक्षणको बारेमा भन्नुभन्दा संवेदनशील र गैर–निर्णयात्मक तरिकाले कुराकानी गर्नुस् ।
डिप्रेसनबाट ग्रस्त व्यक्तिको कुराकानी सुन्नुपर्छ । उनीहरुको कुराकानी धैर्यतापूर्वक सुन्ने गर्नुपर्छ । उनीहरुको कुरा सुन्ने र भावनात्मक रुपमा साथ दिने गर्नुपर्छ ।
प्रतिक्रिया