• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    मार्क्सवाद : प्रयोग गर र फ्याँक !

    1.5K
    SHARES

    सही विचारहरू कहाँबाट आउँछन् ? के उनीहरू आकाशबाट झर्छन् ? होइन । के उनीहरू दिमागमा जन्मजात छन् ? होइन । उनीहरू सामाजिक अभ्यासबाट आउँछन् र एक्लैबाट; उनीहरू तीन प्रकारको सामाजिक अभ्यास, उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछन् । यो मानिसको सामाजिक प्राणी हो कि उसको सोचाइको निर्धारण गर्दछ । एकपटक जब उन्नत वर्गका सही विचारहरूको विशेषता जनताद्वारा पकडिएको छ, यी विचारहरू एक भौतिक शक्तिमा परिणत हुन्छन् जसले समाज परिवर्तन गर्दछ र संसारलाई परिवर्तन गर्दछ ।1

    १. मार्क्सवादमा विद्यावारिधिधारकप्रति पाँच प्रश्न

    १ मार्क्सवाद नभनेर किन माक्र्सीय पद्धति भन्नुभयो ?
    २ प्रविधिको विकासले के अतिरिक्त मूल्यको औचित्य सकिएको हो ?
    ३ शोषण, दमन, उत्पीडनको अन्त्यबिनाको मानवता कस्तो हुन्छ ? सेवाका क्षेत्रलाई वस्तु बनाइएको छैन र ?
    ४ द्वन्द्वात्मक भौतिकवाद कसको दर्शन हो ?
    ५ महिला, दलितलगायत उत्पीडित श्रमजीवी वर्गको अधिकार कसरी सम्भव भयो ?

    १.१ विषय प्रवेश

    म लामो समयदेखि एउटा कुराको खोजीमा थिएँ, त्यो थियो मार्क्सवादको घृणित रूपमा आलोचना गर्ने पूर्वमाओवादी वरिष्ठ नेता को होला ? अन्ततः मैले पाएँ डाक्टर बाबुराम भट्टराई जसले आफूलाई मार्क्सवादमा नै विद्यावारिधि गरेको र दस वर्षको जनयुद्धको मुख्य योजनाकारको दाबी गर्दथे । २०७२ सालमा उनले मार्क्सवाद—लेनिनवाद—माओवाद मात्र होइन, मार्क्सवाद नै त्यागेको घोषणा गरेका थिए । उक्त समयमा उनले मार्क्सवाद त्याग्नुका कारण प्रस्ट्याएका थिएनन् । उनकी छोरी मानुषी यमि—भट्टराईले सम्पादन गरेको रातो झिल्कोको वर्ष १०, पूर्णाङ्क १५, वैशाख—असोज २०७६ को अङ्कमा प्रकाशित लेख ‘एक्काईसौँ शताब्दीमा कार्ल मार्क्स’ मा ‘मार्क्सवाद कि माक्र्सीय पद्धति ?’, १९ औँ र २१ औँ शताब्दीको विश्व, एक्काईसौँ शताब्दीमा मार्क्सका विचारहरू, नेपालमा मार्क्स र निष्कर्ष विषयहरूमा आफ्नो धारणा प्रस्तुुत गरी माक्र्सवाद नै नभएको पुष्टि गर्ने कुचेष्टा गरेका छन् । उनीजस्तै पूर्वमार्क्सवादीहरू नेपालमा पनि प्रशस्तै देखिन थालेका छन् । ४ वर्षअघि चैतन्य मिश्रले मार्क्सवाद परित्याग गरेको घोषणा गरेका थिए ।

    पूर्वमार्क्सवादी कित्तामा लामबद्ध हुन पुगेका बाबुरामको राजनीतिक पाइला तत्कालीन अवस्थामा सामाजिक जनवादी विचार बोकेको नेपाली काङ्ग्रेसबाट चलेको थियो । चालीसको दशकको मध्यदेखि उनी मार्क्सवादबाट प्रभावित भएका थिए । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा अध्ययन गर्दा भट्टराईको विद्यावारिधिको विषय The Nature of Underdevelopment and Regional Structure of Nepal : A Marxist Analysis2 बनाएपछि आफूलाई मार्क्सवादी चिन्तक र प्रयोगकर्ताका रूपमा नेपालमा चिनाएका थिए । आफूलाई मार्क्सवादी घोषणा गरेको ३६ वर्षमा बाबुराम यही विचार धारण गरेका कारण साम्यवादी राजनीतिको शिखरमा पुगे, सत्ता सञ्चालक बन्न पुगे, कार्यकारी प्रमुख बने । उनले आफूलाई नेपालमा संविधानसभाको अपरिहार्यताको व्याख्याता भएको दाबी गर्ने गर्थे ।

    जनयुद्ध सुरु हुनुभन्दा पहिला मार्क्सवादलाई आधार बनाएर यहाँको अर्थतन्त्र, राजनीतिक प्रणाली, समाज विकासको खोजी गरेर जनयुद्धमा जानुपर्ने निष्कर्ष आफूले निकालेको पनि उनको दाबी रहँदै आएको थियो । जब देशमा गणतन्त्रको स्थापना भयो, एक किसिमको सङ्घीयता र धर्मनिरपेक्षता संविधानमा लेखियो अनि बाबुरामले तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई रातो स्टिकर टाँसेको घर भन्दै छाडेको घोषणा गरेर हिँडेका थिए । त्योभन्दा ठीक एक वर्षअगाडि बाबुरामले नेपालमा नयाँ शक्तिको आवश्यकताको बहस सुरु गरेका थिए । त्यसको निचोड थियो– नवउदारवाद र समाजवादको समायोजन । अहिले आएर उनी मार्क्सवादकै विरुद्धमा उत्रिएका छन् । त्यसैले उनले समूह र अनुक्रममा मार्क्सवादका विरुद्ध प्रमाणहरू प्रस्तुत गर्ने दुस्साहस गरेका छन् । उनका यस्ता विनिर्माणात्मक भ्रमहरूलाई तथ्यहरूका आधारमा खारेज गर्न जरुरी भएको छ । त्यसैले सङ्गतिपूर्ण अनुक्रमात्मक शृङ्खलामा उनले पेस गरेका खण्डनहरूको पनि खण्डन गरिनेछ ।

    २.० एक्काईसौँ शताब्दीमा माक्र्सका विचारहरू

    दर्शनका क्षेत्रमा बाबुरामले मार्क्स—एङ्गेल्सद्वारा प्रतिपादित ‘भौतिकवादी द्वन्द्ववाद’ ‘भौतिक र सामाजिक संसार बहुआयामिक र निरन्तर गतिशील हुने हुनाले तिनमा धेरै शक्तिहरू एकैसाथ टकराइरहेका हुन्छन् । त्यसैले तिनलाई बुझ्ने र बदल्ने क्रममा एउटै दिशा र गतिलाई मात्र पक्रनु सट्टा अन्य सम्भावित दिशा र गतिलाई पनि सँगसँगै ध्यान दिनुपर्ने हुन्छ । मार्क्सपछि विकसित भएका क्वान्टम यान्त्रिकीका अनिश्चितताको सिद्धान्त (वा कण–तरङ्ग द्वैधता) र मानव जीवकोषिका मापनमा देखिएको मूलभूत समानताभित्र उल्लेखनीय भिन्नताहरू र समाज विकासका क्रममा देखिएका आमसमानताभित्रका ठोस असमान मार्गहरूले द्वन्द्ववादी विकासको सिद्धान्तलाई थप विकासित र परिमार्जित गर्नुपर्ने देखिन्छ । खासगरी २० औँ शताब्दीमा समाजवाद निर्माणका क्रममा देखिएका एकल–रेखीय बाटाहरूको असफलताले पनि समस्याको समाधान व्यावहारिक साथसाथै वैचारिक रूपमा नै खोज्नुपर्ने हुन्छ । यसको अर्थ जीवन र जगत्को गतिका कुनै नियम छैनन् भन्ने हैन, बरु त्यसको ठीक उल्टो नियमहरू एकल–रेखीय नभएर बहु–रेखीय छन् भन्ने हो । पछिल्लो चरणमा स्टिफन हकिङ्गलगायत वैज्ञानिक र चिन्तकहरूले अघि सारेको बहु–ब्रह्माण्डको अवधारणा र प्रत्येक ब्रह्माण्डमा छुट्टाछुट्टै भौतिकीका नियम हुनसक्ने प्रस्तावनाले माक्र्सीय भौतिकवादी द्वन्द्ववादका नियमहरूलाई मौलिक रूपमै परिमार्जित र विकसित गर्नुपर्ने भएको छ । सम्भवतः दर्शनशास्त्रका क्षेत्रमा यो सबभन्दा महत्वपूर्ण कार्यभार हुनसक्छ ।’३

    प्रतिउत्तर

    १. भौतिकवादी द्वन्द्ववादका बारेमा

    डाक्टर साहेबले ‘भौतिकवादी द्वन्द्ववाद’ मार्क्सको पालाको जस्तै नहुनुको मुख्य कारण दिशा र गतिलाई सँगसँगै ध्यान नदिइएको आरोप छ । आफूलाई अहिले पनि भौतिकवादी भन्न रुचाउने भट्टराईले ‘मार्क्सपछि विकसित भएका क्वान्टम यान्त्रिकीका अनिश्चितताको सिद्धान्त (वा कण–तरङ्ग द्वैधता) र मानव जीवकोषिका मापनमा देखिएको मूलभूत समानताभित्र उल्लेखनीय भिन्नताहरू र समाज विकासका क्रममा देखिएका आमसमानताभित्रका ठोस असमान मार्गहरूले द्वन्द्ववादी विकासको सिद्धान्तलाई थप विकसित र परिमार्जित गर्नुपर्ने देखिन्छ’ भन्ने तर्क राखेका छन् । त्यसो भन्नुको अर्थ लाग्दछ सापेक्षता र क्वान्टम सिद्धान्त भौतिकवादमा आधारित छैनन् वा द्वन्द्ववादी छैनन् । उनको यो भनाइले यी सिद्धान्तको गहिरो अध्ययन छैन भन्ने बुझिन्छ । त्यसैले एकपटक यी सिद्धान्तका बारेमा सामान्य जानकारी राखौँ न त !

    के हुन् सापेक्षताको र क्वाटम सिद्धान्त ? १९०५ मा अल्बर्ट आइन्स्टाइनले सापेक्षताको सिद्धान्तलाई सूत्रबद्ध गर्नुभयो । आइन्स्टाइन चम्किलो इथरको असफल खोज (१८८७ को Michelson–Morley experiment)५ र म्याक्सवेलको विद्युत् चुम्बकीयवादको सिद्धान्तबाट प्रेरित हुनुभएको थियो । यसैको आधारमा आइन्स्टाइनले प्रकाश विद्युतीय प्रभावका बारेमा खोज गर्नुभयो जसले प्रकाशको सबैभन्दा सानो अवस्था फोनोटको अवधारणा ल्यायो । यो एक किसिमको कण हो । फोटोन भनेको प्रकाशको क्वान्टम परिमाण हो जुन विद्युत् चुम्बकीय विकिरणमा रहेको ऊर्जाको प्याकेट हो । यसले प्रकाशलाई पनि पदार्थ हो भन्ने पुस्टि गर्दछ । जसरी लेनिनले पदार्थलाई विद्युत्सम्म सीमित हुने बताउनुभएको थियो । आइन्स्टाइनले पनि आफ्नो प्रकाश विद्युतीय असरमा वस्तुको इलेक्ट्रोनबाट चम्किलो पदार्थ निकाल्न सकिने अवधारणा ल्याउनुभयो ।

    अब आयो क्वाटम सिद्धान्तका बारेमा । पारमाणविक र उपपारमाणविक तहमा रहेको पदार्थको ऊर्जाको आचरण र प्रकृतिलाई व्याख्या गर्ने आधुनिक सैद्धान्तिक आधारलाई क्वान्टम सिद्धान्त भनिन्छ । यसैगरी क्वाटम यान्त्रिकी भनेको सानो मात्रामा रहेको, पारमाणविक र उपपारमाणविक कणहरूको भौतिक रूपमा विशेषताहरूको व्याख्या गर्ने भौतिकशास्त्रको आधारभूत सिद्धान्त हो । यो क्वान्टम रसायनशास्त्र, क्वान्टम फिल्ड सिद्धान्त, क्वान्टम प्रविधि र क्वान्टम सूचना, क्वान्टम भौतिकशास्त्र सबै पर्दछन् । एक्काईसौँ शताब्दीमा विज्ञानले गरेको चमत्कार यसैका आधारमा हो जसको दुरुपयोग कथित द्वन्द्वात्मक भौतिकवादी, भौतिकवादी र आदर्शवादीहरूले गरिराखेका छन् ।

    भौतिक विज्ञानमा सापेक्षता र क्वान्टम सिद्धानतको खोजपछि पनि निरन्तरता पाइरहेको छ मूलतः वस्तुका बारेमा । उदाहरणका लागि क्वार्कलाई लिन सकिन्छ । क्वार्कको नमुनालाई १९६४ मा मुरेय गेल—म्यान र जर्ज ज्वेइगले पहिलोपटक प्रस्तुत गरेका थिए । दुई वा तीनवटा क्वार्कहरू मिलेर हाड्रोन बनेको हुन्छ । त्यसैगरी प्रोटोन पनि दुईवटा अप, एउटा डाउन र ग्लुओनस मिलेर ‘बाइन्डिङ’ बलहरूद्वारा एकआपसमा बनाइएको हुन्छ । यसका बारेमा थप कुरा पछि गरौँला । यहाँ यो प्रसङ्ग उठाउनुको तात्पर्य के हो भने माओले आफ्नो दर्शनको प्रवचनमा १८ अगस्ट, १९६४ मा चुवाङ्जुले भनेको ‘एक फुट लामो वस्तुलाई हरेकपटक आधा—आधा पारेर टुक्र्याउँदै जाने हो भने त्यसलाई कहिल्यै शून्य बनाउन सकिँदैन’ यो सत्य हो’६ भन्नुभएको छ । उहाँ अगाडि भन्नुहुन्छ, ‘तपाईंलाई विश्वास लाग्दैन भने मनमा गुनिरहनुस् । त्यसरी कुनै वस्तुलाई शून्यमा बदल्ने सकिने भएको भए त विज्ञान भन्ने कुनै कुरा नै हुँदैनथ्यो’ ७ भनेर द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादसङ्गत मात्र भन्ने प्रमाण पेस गर्नुभएको छ भने पदार्थको अस्तित्वलाई पुनर्पुष्टि गर्नुभएको छ ।

    १९६० को दशकमा तार सिद्धान्त (स्ट्रिङ थ्योरी) को आविष्कार भयो । तार सिद्धान्त सबै सिद्धान्त उत्पादन गर्न प्रस्तावित विधिहरूमध्येको एक हो । यो एउटा यस्तो मोडेल हो जसले सबै ज्ञात कणहरू र शक्तिहरूको वर्णन गर्दछ र यसले भौतिक विज्ञानको मानक मोडललाई छोडिदिन्छ जसले गुरुत्वाकर्षणबाहेक सबै कुरा वर्णन गर्न सक्छ । धेरै वैज्ञानिक यसको गणितीय सुन्दरताका कारण तार सिद्धान्तमा विश्वास गर्दछन् । तार सिद्धान्तले ब्रह्माण्डको आधारभूत अवयव एक—आयमिक ‘तार’ ‘बुँदा— जस्तो कणहरू’ भन्दा पनि हुन्छ वा अतिरिक्त सात आयामको स्थान आवश्यक पर्दछ र यसले सानालाई थप ठूला आयामहरूलाई समावेश गर्ने तरिका प्रस्ताव गर्दछ । तार सिद्धान्तको प्राथमिक लक्ष्य भनेको क्वान्टम यान्त्रिकी (सानो वस्तुको नियम) र सामान्य सापेक्षताको सिद्धान्त (ठूलो वस्तुको नियम) लाई एकल गणितीय रूपले लगातार फ्रेमवर्कमा सामेल हुनु हो । ..ब्रह्माण्ड पक्कै पनि सुसङ्गत छ, हामीसँग गणितीय विवरण जुन सङ्गत छ, पनि आवश्यक छ । विश्वलाई थाहा छ– यहाँ तीनवटा आयामहरू छन् लम्बाइ, चौडाइ र उचाइ वा गहिराइ र अहिले आएर समय पनि थपिएको छ । तर आयमाहरू धेरै छन् भन्ने छ । तार सिद्धान्तअनुसार पछिल्लो आधा शताब्दीको प्रमुख भौतिक विज्ञानको नमुनाले ब्रह्माण्ड १० वटा आयामहरूको साथमा सञ्चालित छ ।

    वास्तवमा सापेक्षता, क्वान्टम र तार सिद्धान्तहरू नै भौतिकवादी द्वन्द्ववादलाई प्रकृति विज्ञानको प्रयोगद्वारा पुष्टि गरिएको थियो । हिक्स बोजोन (Higgs Boson) र ग्याबिटोन (Graviton) को खोज भएको छ । १९६४ मा पिटर हिग्सले energy प्राप्त गर्यो भने हिग्स वोजोन बन्दछ भन्ने कुरा पत्ता लगाएका थिए । ब्रह्माण्डको सबैतिर Magnetic, Electric, gravitational, electron, Higgs, Quark, gluon field हुन्छ तर Hggs field ब्रह्माण्डको सबैतिर समान रूपमा रहेको हुन्छ । त्यही Hggs field लाई Energy दिएमा Higgs Boson बन्दछ । यसलाई God particle पनि भनिन्छ । त्यही Higgs Boson सँग कुनै particle ले Interact गरेपछि mass बन्दछ । उक्त कुरालाई ४ जुलाई २०१२ मा Large Hadron Collider गरिएको experiment ले भौतिक रूपमा प्रमाणित भएको थियो । यसै invention लाई लिएर Pitter Higgs लाई ८ अक्टोबर २०१३ मा नोबेल पुरस्कार दिइएको थियो । Higgs को सिद्धान्त र प्रयोगले Materialism and dialectics Marxist अवधारणालाई पुनर्पुष्टि गर्दैन र ? अथवा मार्क्स भौतिकवादी द्वन्द्ववादभन्दा बाहिरबाट पुष्टि गर्न सकिन्छ ? यसबाट मार्क्सवादी दर्शन वा भौतिकवादी द्वन्द्ववाद जीवन र जगत्लाई व्याख्या गर्ने एक मात्र सही दृष्टिकोण र विधि हो । त्यसैले आफू उक्त दर्शनबाट च्यूत भैयो भन्दैमा फतुर आरोप लगाउनु हुँदैन । हुनत लेनिनले पनि माख, अभिनारिएस, बाग्डोनोभजस्ताका फतुर कुराको खण्डन गर्नुपरेको थियो ।

    २. अतिरिक्त मूल्यको सिद्धान्तका बारेमा

    ‘अतिरिक्त मूल्यको सिद्धान्त : पुँजीपतिले श्रमिकलाई उसको जीवनको पुनरुत्पादनका निम्ति आवश्यक न्यूनतम् मूल्य मात्र ज्यालाका रूपमा तिरेर उसको श्रमको अतिरिक्त मूल्य आफ्नो पुँजी लगानीको मुनाफाका रूपमा दोहन गर्छ भन्ने अतिरिक्त मूल्यको सिद्धान्त राजनीतिक अर्थशास्त्रमा मार्क्सको मुख्य देन मानिन्छ । सुरुको म्यानुफ्याक्चरिङ र फ्याक्ट्री उत्पादनको चरणमा मेसिन प्रविधिको कम उपयोग हुने हुँदा श्रमिकहरूलाई बढी समय काम गराएर निरपेक्ष अतिरिक्त मूल्य दोहन गर्ने प्रवृत्ति व्यापक हुन्थ्यो तर विज्ञान प्रविधिको विकाससँगसँगै पछिल्लो चरणमा श्रमिकको उत्पादकत्व बढाएर सापेक्ष अतिरिक्त मूल्य हस्तगन गर्ने प्रवृत्ति बढ्दै गयो । अहिले त झन् स्वचालित यन्त्रहरूको बढी प्रयोग गरेर मजदुरहरूलाई विस्थापित गर्ने र टुक्रे तथा सेवामूलक काममा लगाउने प्रवृत्ति बढ्दो छ । त्यसैले मार्क्सको सुरुको अतिरिक्त मूल्यको प्रस्थापनामा समयक्रममा निकै परिवर्तन हुँदै गएको छ र पुँजी र श्रमबीचको सम्बन्धको चरित्र पनि फेरिँदै गएको कुरालाई गम्भीरतापूर्वक ध्यान दिनु पर्दछ ।’७

    प्रतिउत्तर

    बाबुरामले माथि भनेका कुराले प्रविधिको विकासले अतिरिक्त मूल्यको हस्तगन गर्ने प्रवृत्ति बढ्नु, मजदूरको विस्थापन हुनु र टुक्रे तथा सेवामूलक काममा लगाउने प्रवृत्ति बढेको पुष्टि गर्ने कोसिस गरेका छन् । यसका लागि डक्टरले मार्क्सले पुँजीमा लेखेका यी कुराहरूलाई राम्रोसँग याद गर्न जरुरी छ :

    ‘वस्तुको पुँजीवादी लागत र यसको वास्तविक उत्पादन लागत दुई फरक परिमाण छन् । वस्तुको मूल्यको त्यो भाग जो अतिरिक्त मूल्य बनाउँछ पुँजीपतिका लागि केही खर्च गर्दैन किनकि यो मजदुरको तलबबिना श्रमको लागत हो । तैपनि पुँजीवादी उत्पादनका आधारमा, मजदुर उत्पादन प्रक्रियामा प्रवेश गरेपछि उनी आफैँ सञ्चालनशील उत्पादक पुँजीको एक घटक हुन् जो पुँजीपतिसँग सम्बन्धित छ । तसर्थ पुँजीपति वस्तुको वास्तविक उत्पादक हो । यसकारण को लागि कमोडिटीको लागत मूल्य २० अध्याय म जरुरी पुँजीपति को लागि वस्तु को वास्तविक लागतको रूपमा देखिन्छ । हामी K लाई लागत–मूल्य, सूत्रमा लिन्छौँ C = c + v + s सूत्रमा परिणत हुन्छ C = k + s, त्यो हो, वस्तु मूल्य = लागत–मूल्य + अतिरिक्त–मूल्य ।’ 9

    ‘पुँजीको सामान्य सूत्र हो M-C-M’. अन्य शब्दहरूमा, मूल्यको एक रकम परिसंचरणमा फ्याँकिन्छ योबाट एक ठूलो रकम निकाल्न का लागि । यो ठूलो रकम उत्पादन गर्ने प्रक्रिया पुँजीवादी उत्पादन हो । प्रक्रिया हो कि यो महसुस हुन्छ पुँजीको परिसंचरण हो । पुँजीपतिले आफ्नो हितका लागि कुनै वस्तु उत्पादन गर्दैन, न त यसको उपयोग मूल्य, वा उसको व्यक्तिगत उपभोगका लागि । उत्पादन जसमा पुँजीपति साँच्चै चासो राख्छन् त्यो स्पष्ट उत्पादन मात्र होइन तर उत्पादनद्वारा यसको उपभोग गरिएको पुँजीको मूल्यभन्दा बढी मूल्य हो । पुँजीपतिले अधिशेष मूल्यको उत्पादनमा यसको घटकद्वारा निर्वाह गरिएको फरक भूमिकाको परबाह नगरी कुल पुँजीको अग्रीम । उनी यी सबै अवयवहरूलाई समान रूपले अगाडि बढाउँछन्, उन्नत पुँजीको पुनरुत्पादन गर्नका लागि मात्र होइन तर यसको अधिक मूल्यको उत्पादन गर्नका लागि । एक मात्र तरिका जसमा उनी आफ्नो उन्नत चर पुँजीको मूल्यलाई एक ठूलो मूल्यमा रूपान्तरण गर्न सक्छन् यो जीवित श्रमका लागी आदानप्रदान गरेर र जीवित श्रमको शोषण ।

    तर उसले यो श्रमको शोषण गर्न सक्दैन जबसम्म उसले यो श्रम अर्थात् श्रमको साधन र श्रमको विषय, मेसिनरी र कच्चा मालका सर्तहरूको एक साथ अग्रीम अर्थात्, जबसम्म उसले आफ्नो कब्जामा मूल्यको एक निश्चित रूपमा रूपान्तरण गर्दैन । उत्पादनका सर्तहरू को ; किनकि उनी एक पुँजीपति हुन् र श्रमको शोषणको प्रक्रिया मात्र गर्न सक्छन् किनभने श्रमका सर्तहरूका मालिक हुनाले, उनी मजदुरको सामना मात्र श्रमशक्तिको मालिकका रूपमा गर्छन् । As already shown in the first book [English edition: Vol. 1, pp. 168-69. 714-16. –Ed.], यो वास्तवमा यो तथ्य हो कि गैरकामदारहरू उत्पादनका साधनहरूका मालिक हुन् जसले मजदुरहरूलाई ज्याला–मजदुर र गैर–श्रमिकहरूलाई पुँजीपति बनाउँछ ।’10

    मार्क्सले अध्ययन गर्नुभन्दा पहिला नै १८११ देखि १२ मा बेलायतका मजदुरहरूले स्वतःस्फूर्त ढङ्गल मेसिनतोड (लुडाइट) आन्दोलन चलेको, दमन भोगिसकेपछि १८१३ देखि सङ्गठित हुन थाले, १८३२ देखि बेलायतका मजदुरहरूले मागपत्र (चार्टिस्ट) आन्दोलन सुरु गरे, १८३२ देखि १८४२ सम्म पूरै १० वर्ष चार्टिस्ट आन्दोलन चल्यो, १८३२ मा पेरिसका मजदुरहरूले विद्रोह गरे, १८४४ मा जर्मनीका सिलेसिया (हाल पोल्यान्डमा पर्छ) सहरका कपडा बुन्ने मजदुरहरूले पनि विद्रोह गरेका थिए । यी तथ्यहरूले उद्योग र उत्पादनमा मेसिनको जडानका कारण मार्क्सले आविष्कार गरेको अतिरिक्त मूल्यको सिद्धान्तमाथि नै प्रश्न गर्नुपर्ने अवस्था छैन ।

    प्रविधिको विकास र अतिरिक्त—मूल्य

    मार्क्सले मेसिनको प्रवेशसँगै अतिरिक्त—मूल्यमा हजार प्रतिशतसम्म वृद्धि५ भएको कुरा गर्नुभएको छ । अहिले चौथो औद्योगिक क्रान्तिको युग हो । त्यसैले यहाँ विज्ञान प्रविधि र सूचना प्रविधिमा भएको विकासले अतिरिक्त मूल्यको सिद्धान्तलाई गलत साबित गरेको छ कि झनै पुष्टि गरेको छ । एकपटक यो उदाहरणलाई अध्ययन गरौँ :

    Smart Toothbrush, Robort Birds, Math Clock, Light Bike, Basketball practice net, Fish robot, Lifesaver drone, Two-wheeler, Smart trash bin पछिल्ला आविष्कारहरू हुन् जसमा उच्च प्रकारका प्रविधिहरू जडान गरिएका छन् र यिनीहरूमा आर्टिफिसियल इन्टेलीजेन्सीहरू रहेका हुन्छन् । यो चौथो औद्योगिक क्रान्तिमा श्रमजीवीले निर्माण गरेका र उनीहरूबाटै निर्देशित र परिचालित प्रविधिको अत्यधिक प्रयोग गरी वर्तमान पुँजीवादीहरूले गरिब राष्ट्र र जनतामाथि शोषण, दोहन र उत्पीडन गरेका छन् । विगत ३ वर्षदेखि विश्वमा सबैभन्दा बढी पहिलो धनी जेफ बेजोस, दोस्रो बिल गेट्स रहेका छन् ।११ अहिलेको अतिरिक्त मूल्यको—सिद्धान्त बुझाउन मार्क जुगरबर्गको फेस बुक, ब्रिएन एक्सन र जन कौअमको WhatsApp को केही वर्षको आम्दानीलाई अध्ययन गरे पुग्छ । आजभन्दा ६ वर्षअगाडि Gordon Kelly ले एउटा लेख नै लेखे 5 Key Reasons WhatsApp Is Worth $19 Billion — To Facebook12 । उक्त लेखको चाखलाग्दो कुरा त के छ भने २४ फेब्रुअरी २००९ मा केवल २५ लाख अमेरिकी डलरमा सुरु गरिएको उक्त App लाई फेसबुकले फेब्रुअरी २०१४ मा १६ बिलियन अमेरिकी डलर दिन तयार भएको थियो । ५ वर्षमा ६४ सय गुना बढेको थियो । अर्थात् ६ लाख ३९ हजार ९ सय प्रतिशतले पुँजीमा वृद्धि भएको थियो । अहिले उक्त App को सम्पत्ति १ सय बिलियन डलर छ । अहिले ११ वर्षपछि उसको सम्पत्ति ४० करोड प्रतिशतले बढेको छ ।१३

    यिनै उपकरणहरूका कारण उत्पादक शक्तिमा परिवर्तन आएको भट्टराईको दाबी छ । यहाँ भट्टराईले यी उपकरण श्रमिकले निर्माण गरेको र सफल बनाउन दक्ष श्रमिकहरूकै आवश्यकता पर्दछ भन्ने बिर्सेका छन् । यी तथ्यहरूले त बरु श्रमको रूपान्तरण भएको भन्ने बुझाउँछ । प्रविधिको विकासले शारीरिक श्रममा निर्भर रहेका उद्योगहरूलाई मानसिक वा बौद्धिक श्रममा रूपान्तरित गरिदिएको छ भन्न मिल्छ न कि उत्पादक शक्ति नै मेसिन भन्न । अब आयो मेसिनको प्रयोगका कारण अतिरिक्त—मूल्यको प्रस्थापनामा परिवर्तन भएको कुरा । मार्क्सले श्रमिकको श्रममका कारण पुँजीपतिले एक हजार प्रतिशतसम्म अतिरिक्त—मूल्य असुल्ने गरेको तथ्याङ्क पेस गर्नुभएको थियो । अहिले त बिलियन प्रतिशतभन्दा बढी अतिरिक्त—मूल्य जम्मा हुने गरेको छ । यो तथ्यले मार्क्सको अतिरिक्त मूल्यको सिद्धान्त झनै पुष्टि गरेको छैन र ?

    बरु प्रविधिका कारण, शारीरिक श्रमलाई रूपान्तरण गरेर बौद्धिक श्रममाथि उत्पादन निर्भर हुन पुगेको भन्न सकिन्छ । अर्को कुरा, यी प्रविधिका कारण श्रमजीवीहरू विस्थापित हुन पुगेका छन् । यो अवस्था आउँछ भनेर मार्क्सले त्यही समयमा नै पुँजीपतिहरूले सुनको अन्डा दिने हाँसको हत्या गर्दछन् भन्नुभएको हेक्का हुनु पर्दछ ।

    यिनै तथ्यहरूका आधारमा २०१४ मा थोमस पिकेटीले आफ्नो चर्चित पुस्तक Twenty first Century Capital मा वर्तमान विश्वइतिहासमा नै असमानता रहेको तथ्य प्रस्तुत गरेका छन् । दुःखको कुरा बाबुरामहरूभन्दा पहिला उक्त कुरालाई बिल गेटले बुझे र आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भने– अझ महत्वपूर्ण कुरा, मलाई विश्वास छ पिकेटीको r> g विश्लेषण शक्तिशाली शक्तिहरूका लागि जिम्मेवार छैन जुन एक पुस्ताबाट अर्को पुस्तासम्म धनको सञ्चयको प्रतिकार गर्दछ । म पूर्णतया सहमत छु– हामी एक कुलीन समाजमा बाँच्न चाहँदैनौँ जहाँ पहिले नै धनी परिवारहरूलाई आफ्नो प्रतिष्ठामा बसोबास गरेर र Piketty लाई ‘भाडामा आय’ भनिन्छ जम्मा गरेर धनी हुन्छ– त्यो हो, रिटर्न मानिसहरू कमाउँछन् जब उनीहरू अरूलाई दिन्छन् आफ्नो पैसा, जग्गा वा अन्य सम्पत्तिको उपयोग गर्नुहोस् । तर मलाई लाग्दैन– अमेरिका यसको नजिक केही छ13. मार्क्सको भनाइअनुसार त तत्कालै विश्वका ३ अर्ब ८० करोड मान्छेहरू जसको सम्पत्तिभन्दा बढी सम्पत्ति केवल ८ जनासँग रहेकाले उनीहरूले गर्ने विद्रोहलाई वर्तमान विश्व पुँजीवादी व्यवस्थाले कसरी थेग्न सक्ला ? यी कुराहरू बुझ्न एकपल्ट फेरि पुँजी पढ्नुपर्छ ।

    अर्को अझ डरलाग्दो कुरा त सेवा वा सामाजिक कामहरूलाई तीव्र रूपमा व्यक्तिगत उपभोग्य वस्तु बनाएर नाफामूलक वस्तु बनाएका छन् । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा यसका राम्रा उदाहरण हुन् । अब आयो अहिले निगम पुँजीवादले जनतालाई दिएको सुविधाका बारेमा । उनले संयुक्त राष्ट्रसङ्घले मानवअधिकारको सुनिश्चितताको कुरा गरेका छन् । संयुक्त राष्ट्रसङ्घ पहिलो र दोस्रो विश्वयुद्धपछि विश्वभरि फैलिएको समाजवादी आन्दोलनलाई रोक्न स्थापना गरिएको थियो । शान्तिपूर्ण तरिकाले नै गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता जनअधिकारको सुनिश्चितता गर्न सकिन्छ भनेर तत्कालीन पुँजीवादीहरूले ल्याएको अवधारणा हो । पूर्व अमेरिकी राष्ट्रपति वुडड्र विल्सनले १९१७ आफू भरपूर मात्रामा हतियार बेचेर अकूत पैसा कमाएपछि लिग अफ नेसनको अवधारणा ल्याएका थिए । त्यसैको विकसित रूप UN हो । २५ अप्रिल १९४५ मा मूल रूपमा सोभियत सङ्घ सत्ताले जनतालाई दिएको अधिकारहरूलाई समेटेर बनाइएको थियो । तर UN ले कहिल्यै पनि उत्पीडित राष्ट्र र जनताको हितमा काम गरेको छैन । त्यसैले माओले एउटा सन्दर्भमा THE LEAGUE OF NATIONS IS A LEAGUE OF ROBBERS!14 भन्नुभएको थियो ।

    निष्कर्ष

    बाबुरामले रातो झिल्कोमा लेखेको उक्त १० हजार शब्दको लेखको खण्डन केही शब्दहरूमा सम्भव छैन । यसका लागि एउटा किताब नै तयार पार्नु पर्दछ । त्यसैले यहाँ उनले भ्रम सिर्जना गरेको दर्शनमा भौतिकवादी द्वन्द्ववाद र मार्क्सको मुख्य आविष्कार जुन आफैँमा दर्शन पनि हो अतिरिक्त—मूल्यको सिद्धान्तका बारेमा सहज र सरल खण्डन गरिएको छ । जहाँसम्म मार्क्सको योगदानलाई मार्क्सवाद भन्ने कि नभन्ने हो, आइन्स्टाइनको सापेक्षताको सिद्धान्तलाई वादका रूपमा प्रयोग गर्ने बाबुरामलाई समाजविज्ञानमा भएको उत्कृष्ठ आविष्कार जुन मानवसमाज रहुन्जेल सही ठहरिन्छ, लाई वाद भन्न नसक्नु पूर्वाग्रह वा नयाँ जोगीले बढि खरानी घस्छ भन्नु जस्तो मात्र हो । जहाँसम्म मार्क्सले नै मार्क्सवाद नमान्नु भन्ने तर्क छ, उहाँले मार्क्सवादको नाममा वैचारिक भ्रष्टिकरण देखा परेपछि फ्रेन्च मार्क्सवादीहरूलाई व्यङ्ग्य गरेको हो । As Marx said of the French Marxists in the late sev-enties: ‘Tout ce que je sais, c’est que je ne suis pas Marxist । यसरी ठाडै झुठो बोल्नु हुँदैन्थ्यो ।

    खैर जेहोस्, मार्क्सवादलाई नै परित्याग गरेर गएका व्यक्तिले उठाएका भ्रमहरूको मात्र प्रतिवाद गर्नुपर्छ । बालको खाल निकाल्न जरुरी छैन । जस्तै उनले मानवतावादको कुरा ल्याएका छन् । मानव बाँच्ने, सबैखाले शोषण, दमन र उत्पीडनबाट मुक्त हुन वैज्ञानिक साम्यवादमा मात्र सम्भव छ । अरू सबै सैर कल्पना मात्र हुन् । आगामी अङ्कहरूमा उनले उठाएका सबै भ्रमात्मक तर्कहरूको खण्डन गरिनेछ । अहिले भन्न मन लागेको The premise outlines that during the 21st century, humanity is likely to make a significant attempt to gain happiness, immortality, and God-like powers. हरारीले आफ्नो पुस्तक ज्यmय म्गभक, ब् दचष्भा ज्ष्कतचथ या त्यmयचचयध मा लेखेको जस्तो कल्पना बाबुरामको छ । उनी मार्क्सलाई भगवान्का रूपमा देख्न चाहन्छन् तर भौतिकवादले त्यो दिँदैन ।

    सन्दर्भ सामग्री

    1-Mao Tse-tung

    WHERE DO CORRECT IDEAS
    COME FROM?

    2-The Nature of Underdevelopment and Regional Structure of Nepal: A Marxist Analysis, Delhi : Adroit Publishers, 2003
    ३—रातो झिल्को, वर्ष १०, पूर्णाङ्क १५, वैशाख—असोज २०७६, एक्काईसौँ शताब्दीमा माक्र्स, बाबुराम भट्टराई, पेज १२
    ४—उही

    October 6, 1932, [Extracted from. a telegram of the Chinese Soviet Government. Dated 6 October 1932]

    %— Hughes–Drever experiment

    9-Marx, Das Capital Vol-iii, Pg 19

    10- Marx, Das Capital Vol-iii, Pg 28

    प्रतिक्रिया