• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रहरीले पत्रकारमाथि हातपात गरेको प्रति महासंघको गम्भीर ध्यानाकर्षण

    2K
    SHARES



    काठमाडौँ । प्रहरीले एभिन्युज टेलिभिजनका संवाददाताद्वय शीतल रिजाल र सुरेश रजकमाथि प्रहरीले दुर्व्यवहार गर्दै हातपात गरेको प्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलनका लागि काठमाडौँस्थित मेरियट होटल पुगेको एभिन्युज प्रहरीले दुर्व्यवहार गर्नुका साथै उनीहरुको क्यामेरा खोसेर तोडफोड गरेको थियो ।

    एमसीसी उपाध्यक्ष फातिमा सुमार र केही राजनीतिक दलका नेताबीच भेटघाट हुने खबर पाएपछि समाचार संकलनका लागि शुक्रबार राति ११ः०० बजे मेरियट होटल पुगेका पत्रकारद्वय रिजाल र रजकलाई प्रहरीले डेढ घण्टा नियन्त्रणमा लिएर समाचार संकलनमा रोक लगाएको थियो ।

    समाचार संकलनमा किन रोक लगाएको भनेर प्रहरीसँग सोधखोज गर्दा प्रहरीले उल्टै पत्रकारद्वयमाथि दुव्र्यवहार र हातपात गर्दै उनीहरुको क्यामेरासमेत तोडफोड गरेको छ । स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यो हर्कतले प्रेसको संवैधानिक अधिकार र स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघको ठहर भएको जनाएको छ ।

    महासंघ पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने प्रहरीको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषी प्रहरीमाथि कानुनी कारबाही माग गरेको छ ।

    यसैबीच प्रकाशित समाचारको विषयलाई लिएर महोत्तरीस्थित रेडियो रुपान्तरण १०६.३ मेगाहर्जमा कार्यरत सञ्चारकर्मी नागेन्द्र साहलाई सर्लाहीस्थित धनकौल गाउँपालिका–४ का कुन्दन मिश्रा (राजन) भन्ने व्यक्तिले भाद्र २४ गते विहीबार फोनबाट ज्यान मार्ने धम्की दिएको घटनाप्रति पनि महासंघ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ