• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सुदुरपश्चिम

    सञ्चारकेन्द्रकर्मी रावत जनपत्रकार संगठन नेपाल डडेल्धुराको अध्यक्षमा चयन

    8.2K
    SHARES

    डडेल्धुरा। सञ्चारकेन्द्रकर्मी मनोज रावत जनपत्रकार संगठन नेपाल डडेल्धुराको अध्यक्षमा चयन भएका छन् । मंगलबार सम्पन्न जनपत्रकार संगठन डडेल्धुराको प्रथम भेलाले रावतको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

    भेलामा जनपत्रकार संगठन नेपाल शुदुर पश्चिम प्रदेश समितिका संयोजक प्रकाश थापा, नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराका सचिव टिका रानलगायतको उपस्थित थियो । कार्यक्रमको सभाध्यक्षता जनपत्रकार संगठन डडेल्धुराका संयोजक मनोज रावतले गरेका थिए ।

    भेलालाई सम्बोधन गर्दै थापाले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको लागि पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको बताए । त्यस्तै भेलामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी रानाले पछिल्लो समय पत्रकारहरुले गरिब र उत्पिडित जनताका गुनासा र पिडा सुन्नमा कमि आएको भन्दै श्रमिक र उत्पिडित वर्गको हितमा जोडदार रुपले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

    भेलामा नेपाल कम्युनिष्ट पार्टी डडेल्धुराका जिल्ला नेता बसन्त , रोचक, गणेश,गणेश, शिशिर लगाएतका स्थानीय कार्यकर्ता र पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे । रावत सञ्चारकेन्द्र डटकमका डडेल्धुरा संवाददाता हुन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ