• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली

    पैताला भतभती पोल्छ, यी रोगका लक्षण हुन सक्छ

    19.6K
    SHARES



    काठमाडौँ । गर्मी बढेसँगै कोही-कोहीलाई पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यस समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् ।

    तर, यस्तो समस्या भएमा लापरबाही गर्नु हुँदैन। यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ।यस्ता छन् पैतला पोल्नुका कारण:शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी हुँदा पैतला पोल्ने समस्या देखिन्छ।उच्च रक्तचाप भएकालाई पनि पैतला भतभताउने समस्या हुन्छ।

    रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन सक्छ। जसले गर्दा छालाका रङमा बदलाव, हातखुट्टाको तापमानमा कमी रहन्छ। यसै कारण पैतला पोल्न गर्छन्।मिर्गौलासम्बन्धी समस्या भएकाहरूका पनि पैतलामा जलन हुने गर्छ।

    थाइरोइड हर्मोनको लेभल कम हुँदा पनि पैतला पोल्छ। साथै, औषधिको साइडइफेक्ट हुँदा, एचआईभीको औषधि खाँदा र किमोथेरापी गर्नेहरूलाई पनि पैतलामा जलन हुन्छ।

    यस्ता छन् घरेलु उपचार
    पैतलामा जलन हुँदा सिरे नुन फाइदाजनक छ। एउटा भाँडोमा मनतातो पानी हालेर त्यसमा आधा कप सिरे नुन मिसाउने। १० देखि १५ मिनेटसम्म खुट्टा त्यसमा डुबाउने।

    केही समयसम्म नियमित यस्तो गरिरहँदा समस्या हट्छ। मधुमेह, उच्च रक्तचापलगायत समस्या भएकाहरूले यो उपाय अपनाउनुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ।

    शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दुग्ध पदार्थ नियमित खानुपर्छ। प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। मांसाहारीहरूले अण्डा, माछा, चिकन, सी फुडबाट भिटामिन बी प्राप्त गर्न सक्छन् ।

    लौका काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि राहत मिल्छ ।बेसारमा पाइने एन्टी ब्याक्टेरियल तत्वले पनि यस समस्याबाट छुटकारा दिलाउँछ ।

    ब्लड प्रेशर’का बिरामीको शरीरमा देखिने यी ७ खतराको संकेत
    उच्च रक्तचाप अर्थात ‘हाइपरटेन्शन’ को समस्यालाई मानिसलाई मृत्युको मुखसम्म पुर्याउँछ । उच्च रक्तचापको सम्बन्ध आर्टिरियल्स धमनीसँग हुन्छ । यो धमनीले रगतको चाप नियन्त्रण गर्ने काम गर्छ । यो धमनी पातलो भएमा मुटुले रगत प्रवाह गर्दा अत्यधिक बल प्रयोग गर्छ जसले गर्दा उच्च रक्तचापको समस्या देखापर्छ ।

    चिकित्सकहरुले उक्त धमनीमा समस्या आउनेवित्तिकै उपचार नगराए हृदयघात, स्ट्रोक जस्ता गम्भीर समस्या आउने बताएका छन् । उच्च रक्तचापका रोगीहरुको शरीरमा समस्या आएको सुरुवाती चरणमा नै स्पष्ट हुँदैन । चिकित्सकहरुले उच्च रक्तचापका रोगीहरुको शरीरमा देखिने केही संकेतलाई नै खतराको घण्टी मान्नुपर्ने बताएका छन् ।

    चिकित्सकका अनुसार उच्च रक्तचापको समस्यामा शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन् । उच्च रक्तचापको दुईवटा क्षण हुन्छ । जसमा एउटा अर्जेन्ट र अर्को इमरजेन्सी पर्छ ।

    अर्जेन्टमा व्यक्तिको रक्तचाप उच्च हुन्छ । तर कुनै पनि अंगमा नोक्सान पुग्दैन । तर, अर्को इमरजेन्सी हुन्छ जसमा उच्च रक्तचापले अंगहरुमा नोक्सान पुर्याउँछ ।

    यदि कुनै उच्च रक्तचापको बिरामीले धमिलो देख्न थाल्छ भने उसको शरीरमा रक्तचाप उच्च भएको हुनसक्छ ।यसका साथै, धेरै टाउको दुख्ने, छातीमा दुखाई हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिन्छन् । यसका साथै, बेहोस हुने, छालाहरुमा रातो धब्बा बस्ने जस्ता उच्च रक्तचापका गम्भीर संकेत हुन् ।

    यस्तै, अचानक शरीरको कुनै पनि अंग सुन्निने वा फुल्ने भएमा, बान्ता हुने, एन्जाइटी हुने जस्ता संकेत पनि देखिन सक्छन् । यदि उच्च रक्तचापको समस्या भएमा बिरामीले तुरुन्तै डाक्टरको सल्लाह लिएर उपचार गराउनु पर्छ ।

    यसकारण लाग्छ बाडुली, कहिले हुनसक्छ खतरा ?
    बाडुली लाग्दा कसैले सम्झना गरेको, कसैले कुरा गरेको भन्ने मानिसको आमधारणा हुन्छ । तर, बाडुली बारम्बार लाग्न थालेपछि रोक्न निकै गाह्रो पनि पर्न सक्छ । बाडुली शरीरको तल्लो भागको डायाफ्रामबाट आउन सुरु हुन्छ । यो अंग फोक्सो र पेटको बीचमा रहेको गजुर आकारको मांसपेशी हो ।

    सामान्यतया सास लिँदा डायाफ्राम तल्लो भागतिर खुम्चिन्छ भने सास फाल्दा फेरि सामान्य आकारमा परिवर्तन हुन्छ । डायाफ्रामले नियमित तालिकामा काम गर्छ तर जब यसमा समस्या आउँछ तब ऐठन हुन थाल्छ । जसको कारण सास घाँटीमा अचानक अड्किन्छ र आवाज निकाल्छ समस्या हुन्छ । भोकल कर्डमा अचानक आएको रोकावटका कारण बाडुली लाग्न थाल्छ ।

    किन आउँछ बाडुली ?
    बाडुली लाग्नुको थुप्रै कारणहरु हुन्छन् । शारीरिक र मानसिक कारणले बाडुली लाग्ने गर्छ । कोशिकाहरुमा आउने समस्याले मस्तिष्क र डायाफ्रामसँग जोडिएको हुन्छ । धेरै छिटो खाने र धेरै खाने व्यक्तिलाई बाडुलीको समस्या आउँछ । धेरै दुखी र उत्साहित हुने, कार्बोनेटेड पदार्थ पिउने, मादक पदार्थ पिउने व्यक्तिहरुलाई बाडुली धेरै लाग्छ । तनाव, तापमानमा अचानक परिवर्तन आउँदा पनि बाडुली लाग्छ । यस्तै, धेरै चुइगम चपाउँदा पनि मुखमा हावा भरिन्छ र बाडुली लाग्छ ।

    बाडुली लागेपछि छिट्टै कम हुन्छ । तर कहिलेकाँही धेरै लामो समयसम्म बाडुली लागिरहन्छ । डायाफ्रामसँग जोडिएको नसामा समस्या आउँदा पनि लामो समयसम्म बाडुली लागिरहन्छ । कानको समस्या, घाँटीमा खसखस जस्ता कारणले पनि डायाफ्रामको नसा प्रभावित हुन्छ र बाडुलीको समस्या आउँछ ।

    लामो समयसम्म बाडुली लाग्नु स्नायु प्रणालीमा डिसअर्डरसँग जोडिएको हुनसक्छ । जस्तैः एन्सेफ्लाइटिस, म्यानिन्जाइटिस, मेटाबोलिक डिसअर्डर, मधुमेह, मिर्गौला फेल जस्ता समस्यासँग बाडुली लाग्नुको कारण जोडिएको हुनसक्छ । यस्तै, स्टेरोइड र ट्र्याक्विलाइजर जस्ता औषधिको कारण पनि बाडुली लाग्छ । यदि कसैलाई २ दिनभन्दा बढी लगातार बाडुली लाग्यो भने डाक्टरको सल्लाह लिन जरुरी हुन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ