• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली

    ब्लड प्रेशर’का बिरामीको शरीरमा देखिने यी ७ खतराको संकेत

    5.9K
    SHARES



    उच्च रक्तचाप अर्थात ‘हाइपरटेन्शन’ को समस्यालाई मानिसलाई मृत्युको मुखसम्म पुर्याउँछ । उच्च रक्तचापको सम्बन्ध आर्टिरियल्स धमनीसँग हुन्छ । यो धमनीले रगतको चाप नियन्त्रण गर्ने काम गर्छ । यो धमनी पातलो भएमा मुटुले रगत प्रवाह गर्दा अत्यधिक बल प्रयोग गर्छ जसले गर्दा उच्च रक्तचापको समस्या देखापर्छ ।

    चिकित्सकहरुले उक्त धमनीमा समस्या आउनेवित्तिकै उपचार नगराए हृदयघात, स्ट्रोक जस्ता गम्भीर समस्या आउने बताएका छन् । उच्च रक्तचापका रोगीहरुको शरीरमा समस्या आएको सुरुवाती चरणमा नै स्पष्ट हुँदैन । चिकित्सकहरुले उच्च रक्तचापका रोगीहरुको शरीरमा देखिने केही संकेतलाई नै खतराको घण्टी मान्नुपर्ने बताएका छन् ।

    चिकित्सकका अनुसार उच्च रक्तचापको समस्यामा शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु आउँछन् । उच्च रक्तचापको दुईवटा क्षण हुन्छ । जसमा एउटा अर्जेन्ट र अर्को इमरजेन्सी पर्छ ।

    अर्जेन्टमा व्यक्तिको रक्तचाप उच्च हुन्छ । तर कुनै पनि अंगमा नोक्सान पुग्दैन । तर, अर्को इमरजेन्सी हुन्छ जसमा उच्च रक्तचापले अंगहरुमा नोक्सान पुर्याउँछ ।

    यदि कुनै उच्च रक्तचापको बिरामीले धमिलो देख्न थाल्छ भने उसको शरीरमा रक्तचाप उच्च भएको हुनसक्छ ।यसका साथै, धेरै टाउको दुख्ने, छातीमा दुखाई हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिन्छन् । यसका साथै, बेहोस हुने, छालाहरुमा रातो धब्बा बस्ने जस्ता उच्च रक्तचापका गम्भीर संकेत हुन् ।

    यस्तै, अचानक शरीरको कुनै पनि अंग सुन्निने वा फुल्ने भएमा, बान्ता हुने, एन्जाइटी हुने जस्ता संकेत पनि देखिन सक्छन् । यदि उच्च रक्तचापको समस्या भएमा बिरामीले तुरुन्तै डाक्टरको सल्लाह लिएर उपचार गराउनु पर्छ ।

    यसकारण लाग्छ बाडुली, कहिले हुनसक्छ खतरा ?

    बाडुली लाग्दा कसैले सम्झना गरेको, कसैले कुरा गरेको भन्ने मानिसको आमधारणा हुन्छ । तर, बाडुली बारम्बार लाग्न थालेपछि रोक्न निकै गाह्रो पनि पर्न सक्छ ।

    बाडुली शरीरको तल्लो भागको डायाफ्रामबाट आउन सुरु हुन्छ । यो अंग फोक्सो र पेटको बीचमा रहेको गजुर आकारको मांसपेशी हो । सामान्यतया सास लिँदा डायाफ्राम तल्लो भागतिर खुम्चिन्छ भने सास फाल्दा फेरि सामान्य आकारमा परिवर्तन हुन्छ ।

    डायाफ्रामले नियमित तालिकामा काम गर्छ तर जब यसमा समस्या आउँछ तब ऐठन हुन थाल्छ । जसको कारण सास घाँटीमा अचानक अड्किन्छ र आवाज निकाल्छ समस्या हुन्छ । भोकल कर्डमा अचानक आएको रोकावटका कारण बाडुली लाग्न थाल्छ ।

    किन आउँछ बाडुली ?
    बाडुली लाग्नुको थुप्रै कारणहरु हुन्छन् । शारीरिक र मानसिक कारणले बाडुली लाग्ने गर्छ । कोशिकाहरुमा आउने समस्याले मस्तिष्क र डायाफ्रामसँग जोडिएको हुन्छ । धेरै छिटो खाने र धेरै खाने व्यक्तिलाई बाडुलीको समस्या आउँछ । धेरै दुखी र उत्साहित हुने, कार्बोनेटेड पदार्थ पिउने, मादक पदार्थ पिउने व्यक्तिहरुलाई बाडुली धेरै लाग्छ । तनाव, तापमानमा अचानक परिवर्तन आउँदा पनि बाडुली लाग्छ । यस्तै, धेरै चुइगम चपाउँदा पनि मुखमा हावा भरिन्छ र बाडुली लाग्छ ।

    बाडुली लागेपछि छिट्टै कम हुन्छ । तर कहिलेकाँही धेरै लामो समयसम्म बाडुली लागिरहन्छ । डायाफ्रामसँग जोडिएको नसामा समस्या आउँदा पनि लामो समयसम्म बाडुली लागिरहन्छ । कानको समस्या, घाँटीमा खसखस जस्ता कारणले पनि डायाफ्रामको नसा प्रभावित हुन्छ र बाडुलीको समस्या आउँछ ।

    लामो समयसम्म बाडुली लाग्नु स्नायु प्रणालीमा डिसअर्डरसँग जोडिएको हुनसक्छ । जस्तैः एन्सेफ्लाइटिस, म्यानिन्जाइटिस, मेटाबोलिक डिसअर्डर, मधुमेह, मिर्गौला फेल जस्ता समस्यासँग बाडुली लाग्नुको कारण जोडिएको हुनसक्छ । यस्तै, स्टेरोइड र ट्र्याक्विलाइजर जस्ता औषधिको कारण पनि बाडुली लाग्छ । यदि कसैलाई २ दिनभन्दा बढी लगातार बाडुली लाग्यो भने डाक्टरको सल्लाह लिन जरुरी हुन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ