• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    देशी विदेशी शक्तिले हमला गर्न र हेप्न खोज्यो भने हाम्रो जीवन यो धर्तीमा गाडिन्छ, तर झुक्नेछैन – विप्लव

    8.1K
    SHARES

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कुनै पनि शक्तिले हेप्न खोके या हमला गर्न खोजे सहेर नबस्ने उद्घोष गरेका छन् ।  सरकार र नेकपाको वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले यस्तो उद्घोष गरेका हुन् ।

    नेपाल कम्युनिष्ट पार्टी सहकार्य  र हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउदै उनले भने -”तर, यो पनि भन्छौं– कसैले हामीलाई हस्तक्षेप गर्‍यो भने कुनै पनि देशी विदेशीले हमला गर्न खोज्यो, हेप्न खोज्यो भने हाम्रो जीवन यो धरतीमा गाडिन्छ, तर झुक्नेछैन । यो प्रतिबद्धता छ ।”

    नेपालमा अहिले झुपडी, गाउँ, शहर या देशबाहिर रहेका नेपालीहरु कसैले पनि सुरक्षित महसुस गर्ने स्थिति नभएको विप्लवको विश्लेषण छ । उनले भने- ”हामी अगाडि बढेकै हो । हाम्रो अहिले पनि भनाइ छ– नेपालमा कसैले पनि सुरक्षित महसुस गर्ने स्थिति छैन । सबै नेताहरुलाई, सबै पार्टीहरुलाई, सबै जनतालाई आफ्नो जीवनमाथि आफैं हाबी भएको, आफै नेतृत्व गरिरहेको जस्तो अनुभूति भइरहेको छैन । अहिलेकै भन्नुहोस् या जहिल्यैको पनि । हरेक घटनाक्रममा ठूलो तरंग नेपाली जनताको बीचमा छ । अहिले पनि छ । सायद, तपाईंहरु सबैले बुझिसक्नुभएको छ ।”

    उनले सार्वभौमिक सत्ता सम्पन्न नेपाली जनताका लागि एकपटक जनमत आवश्यक रहेको भन्दै जनता के चाहान्छन भन्ने बारे जनतालाई एकचोटी नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी रहेकोमा बिशेष जोड दिए ।

    ”हामीले भनेका छौं– जनमत । छलफल हुने पनि गरेको छ, जनमत । सार्वभौमिक सत्ता सम्पन्न नेपाली जनता । जनतालाई एकचोटी नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ । के चाहन्छन् जनताले ? के यो दलाल पूँजीपतिहरुको चक्रमा सधैं घुम्नुपर्ने नियति हो ? के नेपाली जनताले स्वतन्त्रपूर्वक ‘स्टेप’ चाल्न नपाउने ? नेपाली राज्यले, सरकारले चाल्न खोज्दा पनि नपाउने परिस्थिति त बन्यो नि त ! यो छर्लङ्गै देखेका छौं नि ।” उनले भने ।

    नेपलाम्मा अहिले जनताले सोच्न पाउने ठाउँ नै भएको भन्दै विप्लवले यो परिवेशलाई अन्त्य गर्न नेपाली जनतालाई एकचोटी अधिकार प्रयोग गर्न दिनुपर्ने बताए । ”जनताले त सोच्न पाउने ठाउँ नै छैन । कसैले नेपालको बारेमा आफ्नो ठानेर निर्णय गर्छु भन्दा नपाउने स्थिति छ । यो परिवेशलाई अन्त्य गर्न नेपाली जनतालाई एकचोटी अधिकार प्रयोग गर्न दिनुपर्छ । अहिले पनि हाम्रो दृष्टिकोण छ । नेपाली जनताले अधिकार प्रयोग गर्न पाउनुपर्छ । नेता दल सबैलाई हामीले चुन्यौं । आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको बारेमा जनमत दिने, फैसला दिने अधिकार जनताले पाउनुपर्छ । हामी यहाँबाट हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छौं– हामी तयार छौं ।” उनले भने ।

    कम्युनिष्ट विजयी भएपछि संसारमा सम्पूर्ण हतियार र युद्धको अन्त्य हुने विश्वास व्यक्त गर्दै विप्लवले भने- ”युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ । कम्युनिष्ट विजयी भएपछि संसारमा सम्पूर्ण हतियार र युद्धको अन्त्य हुनेछ । किनकी, उत्पीडित र उत्पीडकहरुको अवस्था अन्त्य हुनेबेला युद्धको कुनैपनि अवस्था रहनेछैन ।”

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ