• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    एकातिर वार्ताको भ्रम फैलाएर अर्कोतिर भकाभक नेकपा नेता कार्यकर्ता गिरफ्तार गर्दै ओली सरकार, पुन: समातिए कञ्चन, भिडियोसहित

    12K
    SHARES

    समिर चन्द, काठमाडौँ । प्रतिबन्धित विद्रोही नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता धर्मेन्द्र बाँस्तोला कञ्चनलाई प्रहरीले फेरि गिरफ्तार गरेको छ। सोमबार सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेता कञ्चनलाई प्रहरीले अदालतको गेटबाटै पुनः गिरफ्तार गरेको हो ।

    सर्वोच्चमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले नेता कञ्चनलाई रिहा गर्न आदेश दिएको थियाे । कञ्चनलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि गिरफ्तार गरेपछि चौतर्फी ओली सरकारको गैरराजनीतिक दकदको चर्को आलोचना भइरहेको छ।

    यता  प्रहरीले भने काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले उनलाई पुनः गिरफ्तार गरिएको जनाएको छ । नेता कञ्चनलाई आजै काभ्रे पठाउने तयारी भएको प्रहरी स्रोतले बताएको छ । पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट फिरफ्तार गरेको थियो ।

    एकातर्फ वार्ताको झुटो हल्ला फिजाएर अर्कोतर्फ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता भकाभक गिरफ्तार गर्ने अराजनीतिक नीति ओली सरकारले अपनाएको छ।

    सर्वोच्चले गिरफ्तार परेका नेताकार्यकर्तालाई पटक पटक रिहा गर्न आदेश दिए पनि ओली सरकारले भने विभिन्न् किसमका झुटा मुद्धा लगाई नेता कार्यकर्तालाइ दु:ख दिने, धरपकड गर्ने, समर्थक सुभचिन्तकहरुलाई आतंकित पार्ने जस्ता कार्य गर्दै आएको छ । नेता कञ्चनको पछिल्लो गिरफ्तारीले ओली सरकारको नियत एउटा र काम अर्कै भएको प्रष्ट पारिदिएको छ।

    यसअघि  शनिबार मात्रै विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका थिए । महासचिव ‘विप्लव’ लेआफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि बताएका थिए ।

    ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लाग गरिएको सचेत पहल हो’, उनले विज्ञप्तिमा भनेका थिए, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’

    विप्लवको उक्त भनाइ बाहिरिएपछि ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सोमाबर (आज) सम्म नेकपामाथिको प्रतिबन्ध हट्ने र नेता कञ्चन रिहा हुने भन्दै आफुनिकटका मान्छेहरुलाई बाहिर यहि कुराकाे हल्ला चलाउन लगाएका थिए । कतिपय राजनीतिक  विश्लेषकहरुले ओलीले नेकपासँग वार्ताको बहाना बनाएर विप्लवलाई झनै ठुलो संकटमा पार्ने षडयन्त्र बुनिरहेको समेत विश्लेषण गरेका छन् ।

      
    समिर चन्द
    [email protected]

    समिर चन्द सन्चारकेन्द्र डटकमका सिनिएर रिपोर्टर हुन् । आरआर क्याम्पसमा पत्रकारिता बिषयमा अध्यनरत चन्द समसामयिक र राजनीतिक बिषयमा लेख्छन् ।

    समिर चन्दबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ