• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    शालिकराम पुडासैनीको न्यायका लागि चितवनमा एकाविहानै युवाहरुको नाराजुलुश, भिडियोसहित

    20.5K
    SHARES



    काठमाडौं । माउन्टेन टिभिका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानविन गर्न र न्याय दिलाउन भन्दै शनिबार विहानै चितवनमा जुलुस निस्किएको छ । स्वतस्फूर्तरुपमा चितवनका युवाहरुले प्लेकार्ड सहितको जुलुश निकालेका हुन् । पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफुलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागी लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई विहिबार राति प्रहरीले पक्राउ गरी चितवन पुर्याएको छ ।

    तर रबिमाथि अनुसन्धान नै गर्न नहुने भन्दै शुक्रबार दिनभर लामिछानेका समर्थकका नाममा कांग्रेस र केही राजावादीहरुले चितवनमा नाराजुलुश गरेपछि अनुसन्धान प्रभावित हुनसक्ने भन्दै शनिबार स्वतस्फूर्तरुपमा खबरदारी गरिएको  त्यहाँका युवाहरुले बताएका छन् । शनिबार विहानै चितवनका स्थानीय युवाहरुले कानुनत छानविन गर्नुपर्ने, पुडासैनीलाई न्याय दिलाउनुपर्ने भन्दै प्लेकार्डसहित चितवनको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुश निकालेका हुन् ।

    ‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममार्फत चर्चामा रहेका लामिछाने यसअघि पनि विभिन्न विवादमा फस्दै आएका छन् । पत्नीसँगको डिभोर्सदेखि पत्रकारको पास लिन्न भन्ने विषयसमेतले लामिछाने विवादमा तानिएका थिए । लामो समय अमेरिकामा बसोबास गरेर उतै घरजम गरेका लामिछाने नेपाल फर्किएर पुन पत्रकारितामा सक्रिय बनेका थिए । तर उनले प्रेस काउन्सिलको नेतृत्व नालायकी भएको भन्दै पास नलिने बताएका थिए ।

    उनी अवैधानिक रुपमा नेपालमा बसेर काम गरिरहेको भन्दै विरोध तिब्र भएसँगै लामिछानेले अमेरिकाको नागरिकता त्यागेर पुन: नेपालको नागरिकता लिएका थिए । त्यसपछि उनी पत्नीसँगको डिभोर्स प्रकरणका कारण चर्चामा रहे । पत्नी इशासँग डिभोर्स गरि रविले निकिता पौडेलसँग विवाह गरेका छन् ।

    पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहीबार काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट रविसहित उनका सहकर्मी युवराज कँडेल पक्राउ परेका थिए । लामिछाने र कँडेलसहित यो प्रकरणमा नाम जोडिएकी ओखलढुङ्गी नर्स अस्मिता कार्कीलाई बिहीबार साँझ नै प्रहरीले चितवन लगेको थियो । उनीहरुलाई चितवनमा पु¥याउँदा रातिको १ बजेको थियाे ।  राति चितवन पु¥याइएका लामिछानेलाई आजै चितवन जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा उपस्थित गराएको हाे ।

    जिल्ला अदालतमा रविलाई थुन्ने वा नथुन्ने भन्ने विषयमा बहस भएको थियो । रविसहित तीन जनाका पक्षमा नेपाल बार एशोसियसनका पूर्व महासचिव सुनिल पोखरेलसहित तीन जना कानुन व्यवसायीले बहस गरेका थिए । त्यसैगरी उनको विपक्ष तथा मुद्दाको वादी पक्षबाट सरकारी वकिलले बहस गरेका थिए ।

    सो बहसमा सरकारी वकिलले रविसहित तीनै जनालाई कम्तिमा १० दिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका थिए । वादी र प्रतिवादीका तर्फबाट बहस सुनेपछि चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले प्रहरीलाई अनुसन्धान गर्नका लागि पाँच दिनको म्याद थप गरेको हो ।

    हेर्नुहोस् भिडियो

     

    प्रतिक्रिया