• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘बोक्सी’ आरोपमा निर्घात कुटिएकी राधा चौधरी नेकपामा प्रवेश, गरिन यस्तो प्रतिबद्धता

    6.5K
    SHARES



    ?????????????????????????????????????????????????????????

    धनगढी । एक वर्ष पहिले बोक्सी आरोपमा सार्वजनिक रुपमै निर्घात कुटिएकी राधा चौधरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । राधालाई आफूलाई ‘भोले बाबा’ घोषणा गरेका स्थानीय रामबहादुर चौधरी र उनकी सहयोगी एक महिलाले राधालाई निर्घात कुटपिट गरेका थिए ।

    चौतर्फी दवावपछि कुटपिटमा संलग्नलाई पक्राउ गरिएको थियो । उनीहरुलाई कानुनी दायरामा ल्याएर राधालाई पुर्नस्थापना गरिएको थियो । तर, राधालाई केही व्यक्तिहरुले नराम्रो नजरले हेर्ने गरेको बताइएको थियो । नेकपाले संगठन सुदृढ तथा विस्तार अभियानको क्रममा राधाले एक कार्यक्रमा प्रवेश गरेकी थिइन् ।

    राधाले आफूले कुसंस्कार र अन्धविश्वासविरुद्ध लड्न चाहेको तर अहिलेसम्म वातावरण नपाएको बताउँदै नेकपाका कार्यकर्ताको हैसियतमा अगाडि बढ्ने बताइन् । पार्टी प्रवेश कार्यक्रममा उनले आफू गरिब परिवारमा जन्मिएकै कारण आफूहरुलाई बोक्सी भनिएको बताइन् ।

    “म गरिब घरकी चेली भएकाले मलाई दुव्र्यवहार गरी अवहेलना गरिएको हो । म बोक्सी होइन । मेरो गाउँमा प्रायः पढेलेखेका शिक्षित मात्र छन् तर पनि मलाई बचाऊ भन्दै रोइकराइ गर्दा पनि कसैले साथ दिएनन् । म निर्घात रूपमा कुटिँदा पनि कसैले केही बोलेनन्” राधाले भनिन् । उनले समाजप्रति निकै घृणा लाग्ने गरेको समेत बताइन् ।

    “गरिबीको दलदलमा फसेको अन्धविश्वासी समाजले मलाई हेप्यो र यसप्रकारको अमानवीय दुव्र्यवहार गर्यो । आज मलाई न्याय दिने र मजस्तै हजारौँ गरिब र दुःखीहरूका पक्षमा लड्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी भेटेकी छु । मलाई न्यायका लागि यो पार्टीले पहल गर्यो । म विप्लव नेतृत्वको यो पार्टीलाई लालसलाम तथा धन्यवाद टक्र्याउँछु” राधाले प्रवेश कार्यक्रममा भनिन् ।

    त्यसैगरी उनले आफू क्रान्तिकारी भएर समाज रुपान्तरणमा योगदान दिन चाहेको बताइन् । उनले आफूजस्तै अन्यायमा परेकाहरुको हक अधिकारको लागि लड्ने बताइन् ।

    राधासँगै पूर्वमाओवादी केन्द्रका स्थानीय नेता पतिराम चौधरी, किरण चौधरीसहित १३ जना नेकपामा प्रवेश गरेका थिए ।
    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हिमाल, जनपरिषद् प्रमुख करनलगायतका नेताहरुले राधासहित नवप्रवेशीलाई स्वागत गरेका थिए ।

    कैलालीको घोडाघोडी नगरपालिका–५ की राधालाई गत गएको फागुन २४ गते अर्थात नारी दिवसकै दिन बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको थियो ।

    प्रतिक्रिया