• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    दसैँपछि सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

    239
    SHARES



    काठमाडौं । दसैँ बिदापछि खुलेको बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आइतबार सुनको भाउ प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो।

    महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि असोज ३० गते सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यससँगै सुनको मूल्य प्रतिदश ग्राम २ लाख ३८ हजार ७७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    दसैँअघि प्रतिदश ग्राम सुनको मूल्य २ लाख ४८ हजार ७१५ रुपैयाँ थियो। पछिल्लो मूल्यअनुसार प्रतिदश ग्राम सुन ९ हजार ९४५ रुपैयाँले सस्तिएको छ।

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ९५५ रुपैयाँमा झरेको छ। यसअनुसार चाँदी प्रतितोला १९५ रुपैयाँले सस्तिएको हो।

    त्यस्तै, चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ३९१ रुपैयाँ कायम भएको छ। दसैँअघि यही परिमाणको चाँदीको मूल्य ३ हजार ५५८ रुपैयाँ रहेको थियो।

    महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार दसैँपछिको पहिलो कारोबारमै सुनचाँदी दुवैको मूल्य घटेको देखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ