काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ। सोमबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा एक हजार सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।सोमबार सुन प्रतितोला तीन लाख तीन हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया