• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सेप्टेम्बर दोस्रो सातालाई सारियो रवि लामिछानेको चीन भ्रमण

    171
    SHARES



    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सरेको छ ।

    यसअघि उनी अगष्ट दोस्रो साता चीन भ्रमणमा जाने भनिएको थियो । तर, आन्तरिक तयारी लगायतका कारण भ्रमणको मिति सेप्टेम्बर दोस्रो सातालाई सारिएको रास्वपा स्रोतले बतायो ।

    भ्रमणका क्रममा उनी तिब्बतस्थित मानसरोबरसमेत पुग्ने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताए । यसअघि उनी मानसरोवर जाने/नजाने निश्चित भएको थिएन ।

    चीन भ्रमणको क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेता र सरकारका उच्च कर्मचारीहरुसँग समेत भेटघाट गर्ने बताइएको छ । तर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने उनको भेट नहुने स्रोतले बतायो ।

    यसअघि दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर फर्केका लामिछानेले चीनसँग पनि सोही प्रकृतिको भेटघाटको प्रबन्ध मिलाउने प्रयास जारी राखेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ