• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मुग्लिन-काठमाडौं सडकखण्ड ८ घण्टापछि दुईतर्फी सञ्चालनमा

    622
    SHARES



    काठमाडौं । मुग्लिन-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा आएको छ । ८ घण्टा लगाएर पहिरो पन्छाएसँगै आइतबार बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको हो ।

    चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित सडकमा गएराति १०:२५ मा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

    सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक पन्छाउन ५ वटा उपकरण प्रयोग गरिएको थियो । पहिरो पन्छाइसँगै अहिले बिहान सवा ६ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

    पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि लामो समयदेखि सडक अवरुद्ध बनेका कारण राजमार्गका विभिन्न स्थानमा जाम भनेक कायमै रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ