• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज चट्याङसहित वर्षा हुने सम्भावना, पाँच प्रदेशमा भारी पानी पर्न सक्ने

    315
    SHARES



    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा आफ्नो औसत स्थानको आसपास रहे पनि पश्चिमी क्षेत्रमा भने औसत स्थानभन्दा उत्तरतर्फ, नेपालको नजिक रहेको छ।

    यसको प्रभावले अहिले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा बदली भएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने अवस्था रहेको महाशाखाले जनाएको छ।

    दिउँसो कस्तो रहनेछ मौसम ?

    आज दिउँसो देशका अधिकांश भूभागमा बदली रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

    कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा पनि वर्षाको सम्भावना छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थानमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। बागमती प्रदेशको पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि भारी पानी पर्न सक्ने महाशाखाले जनाएको छ।

    विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

    राति पनि वर्षाको सम्भावना

    आज राति पनि देशका अधिकांश क्षेत्रमा बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ भने तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    रातिको समयमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया