• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ घाइते

    509
    SHARES



    रोल्पा । रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

    रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा राति आठ बजेर ४० मिनेटमा पहिरो झर्दा थबाङ गाउँपालिका-५ बस्ने वर्ष ६० का कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ती पुनमगरको मृत्यु भएको हो ।

    २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

    अन्य व्यक्ति पनि पहिरोले पुरिएको हुन सक्ने भन्दै खोजी कार्य जारी राखिएको छ । पहिरोले अन्य ६ वटा घर गोठहरु पनि पुरिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया