• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सामान्य घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    199
    SHARES



    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला रु १ हजार २०० ले घटेको हो ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु  ३ लाख ६ हजार ७०० मा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला रु ३ लाख ७ हजार ९०० मा कारोबार भएको थियो ।

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य रु २ लाख ६२ हजार ९४५ कायम भएको महासंघले जनाएको छ । मंगलबार १० ग्राम सुनको मूल्य रु २ लाख ६३ हजार ९७५ थियो ।

    सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला रु ४ हजार ७४५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला रु ४ हजार ७८० थियो ।

    यसअनुसार चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको हो । महासंघले आजका लागि १० ग्राम चाँदीको मूल्य रु ४ हजार ६८ कायम गरेको छ । मंगलबार १० ग्राम चाँदीको मूल्य रु ४ हजार ९८ थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया