• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    एनपीएल २०२६ को मिति घोषणा, तिहारमा पनि खेल हुने

    215
    SHARES



    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो, जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको हो ।

    ‘एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराउँदछौं’ क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    एनपीएलका लागि अक्सन सम्पन्न भइसकेको छ भने अहिले विभिन्न टोलीहरूले विदेशी खेलाडीहरू अनुबन्ध गर्ने क्रम सुरु भइसकेको छ ।

    क्यानले घोषणा गरेको मिति दशैं र तिहारको बीचमा परेको छ । मिति अनुसार तिहार सोही बेला परेको छ । यसअघि भने एनपीएल तिहारपछि मंसिरमा हुँदै आएको थियो ।

    मिति तोकेपनि खेलतालिका भने सार्वजनिक भएको छैन । तिहारमा दुई दिन बाहेक अरु दिन खेल गर्ने क्यानको तयारी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया