• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मधेसी नेताहरूसँग प्रधानमन्त्री बालेनले भने– सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुहोला

    691
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आफूलाई संघीयता विरोधीका रुपमा सपनामा पनि नसोच्न प्रस्टीकरण दिएका हुन्।

    शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी र मधेस प्रदेशमा पछिल्लो समय विकसित भएका साम्प्रदायिक घटना, शान्ति सुरक्षा र सङ्घीयताको कार्यान्वयनका विषयलाई लिएर मधेस केन्द्रित दलका नेताहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

    राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री बालेनले आफूलाई सङ्घीयता विरोधीको रूपमा नलिन आग्रह गर्दै सपनामा पनि आफू सङ्घीयता विरुद्ध नरहेको स्पष्ट पारेको बताए । ‘सपनामा पनि नसोच्नुहोला, म सङ्घीयता विरोधी होइन । पार्टी पनि होइन’, बालेनको भनाइ उद्धृत गर्दै महतोले भने ।

    प्रधानमन्त्रीले विगतमा आफूले बोलेको ‘बलगर’ सङ्घीयताको अर्थ यसलाई अझ बलियो र अधिकारसम्पन्न बनाउने रहेको स्पष्ट पार्दै सङ्घीयताको संरचनागत परिवर्तन र अधिकारको बाँडफाँटमा जोड दिएको महतोको भनाइ थियो । आफू सङ्घीयतालाई कुनै पनि हालतमा कमजोर हुन नदिने पक्षमा रहेको र यसलाई कसरी समावेशी बनाउने भन्नेमा चिन्तित रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

    सो क्रममा सुनसरी र सिराहामा भएका पछिल्ला घटनाप्रति गम्भीर बन्न मधेसी नेताहरूले सरकारको ध्यानाकर्षण गराएका थिए । महतोले सरकारको सुरक्षा संयन्त्रले समयमा काम नगरेको र गृहमन्त्री घटना स्थलमा ढिलो गरी पुगेको भन्दै आलोचना गरे ।

    साम्प्रदायिक दङ्गा नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा नै स्थायी रूपमा ‘र्‍याड्स टिम’ गठन गर्नुपर्ने र कुनै पनि अप्रिय घटना भएमा त्यसको तीन घण्टाभित्रै वार्ता र व्यवस्थापनमार्फत समाधान खोजिनुपर्ने सुझाव दिइएको उनले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया