• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ब्रड पिकमा नेपालीसहित ४ जनाको शव फेला, दुई जनाको पहिचान खुल्यो

    348
    SHARES



    काठमाडौँ । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको खोजीका क्रममा चार वटा शव फेला परेको छ । खोजीका क्रममा ४ वटा शव फेला परेको अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष मेजर जनरल इरफान अरशदले बताएका छन्।

    उनका अनुसार फेला परेका शवमध्ये ओमानकी आरोही नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपाली आरोही पुरबहादुर गुरुङको पहिचान भएको छ।

    बाँकी दुई शवको पहिचान हुन बाँकी रहेको छ। शव फेला परेको पुष्टि भए पनि घटनामा कति आरोहीको मृत्यु भएको हो भन्नेबारे थप विवरण आउन बाँकी छ। खोजी तथा उद्धार अभियान भने जारी रहेको छ।

    को हुन् गुरुङ ?

    युक्ता भनेर चिनिने पुरबहादुर पनि आरोहण क्षेत्रमा प्रख्यात नाम हो। उनी अन्तर्राष्ट्रिय माउन्टेन गाइड संघबाट मान्यता प्राप्त गाइड पनि हुन्।उनी संसारका १४ वटै ८ हजार मिटर माथिका अग्ला हिमाल चढ्ने चुनौती पूरा गर्ने क्रममा थिए।

    अघिल्लो वसन्त ऋतुमा मात्रै युक्ताले नेपालका तीनवटा ८ हजार मिटर माथिका हिमाल चढेका थिए। त्यो मौसमको अन्त्यसम्ममा उनको नाममा १० पटक सगरमाथा आरोहण र १२ वटा ८ मिटर माथिको हिमाल आरोहणको सफलता उनको नाममा दर्ज भइसकेको थियो।

    सन् १९२४ मा जर्ज म्यालोरीसँगै सगरमाथामा बेपत्ता भएका बेलायती आरोही एन्ड्रयु ‘स्यान्डी’ इर्भिनको मानिने एसी इर्भिङ लेखिएको १०० वर्ष पुरानो फेला पार्ने टोलीमा युक्ता पनि थिए।

    बाँकी दुई जनाको भने पहिचान खुलेको छैन। नेपालका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहित बाँकी ६ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको छ।

    खोजीका लागि पाकिस्तानमा सेनाको हेलिकप्टर, ड्रोन लगायत विभिन्न उपकरण प्रयोग गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया