• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुनसरी-मोरङमा आज पनि प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    256
    SHARES



    सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले मंगलबार पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छ ।

    प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् । प्रदर्शनकारीले विराटनगरमा पनि प्रदर्शन गरिरहेका छन् । बजार क्षेत्रमा भेला भएका युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरिरहेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार राजमार्गको पकलीदेखि कोशी ब्यारेज क्षेत्रको ठाउँठाउँमा अवरोध छ ।

    चोकहरूमा मानिस भेला भएर प्रदर्शन गरिरहेको उनले बताए । प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिम जाने सवारी साधनहरूलाई रोकेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ