• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा, आकस्मिक सेवा पनि बन्द

    161
    SHARES



    काठमाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालका सबै चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका छन् । गएको शनिवार अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिटको विरोधमा उत्रिएका चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका हुन् ।

    यस्तै, अस्पतालको आकस्मिक सेवा समेत बन्द भएको छ । चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षकको राजीनामा लगायतका माग राख्दै चिकित्सकहरू राजीनामा माग गरेका छन् ।

    चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । यस्तै देशभर ओपीडी सेवा बन्द भएको छ । चिकित्सकहरूको आन्दोलनका कारण सेवा लिन पुगेका बिरामीहरू मारमा परेका छन् ।

    नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको थियो ।

    सङ्घले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आज मंगलबार देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ