• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कुलेश्वरमा प्रहरीले गोली चलायो, दुई जना पक्राउ

    1.3K
    SHARES



    काठमाडौं। काठमाडौंको कुलेश्वर क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्।

    लागुऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले कुलेश्वर पुल नजिक उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा स्थिति तनावपूर्ण बनेपछि दुई राउण्ड गोली चलाएको जनाएको छ। उक्त टोलीको नेतृत्व प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश यादवले गरेका थिए।

    ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवासचन्द्र बोहोराका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट ठूलो परिमाणमा औषधिजन्य लागुऔषध बरामद गरिएको छ।

    प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। उनको देब्रे खुट्टामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

    घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनाको परिचय तथा बरामद लागुऔषधको परिमाणबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ