• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गृहमन्त्री भेट्न आउने खबरले निजगढमै रोकिए काठमाडौँ हिडेका मिटरब्याज पीडित

    454
    SHARES



    जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ भेट्न आउन लागेको खबर पाएपछि काठमाडौँ हिडेका मिटरब्याज पीडित निजगढमै रोकिएका छन् ।

    राति उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेर आज बिहान पैदल मार्चमा निस्किन लागेका उनीहरूलाई स्थानीय प्रहरीले गृहमन्त्री सुधन गुरुङ भेट्न आउन लागेको जानकारी गराएको मिटरब्याज पीडितका नेता मनोज पासवानले जानकारी दिए ।

    ‘हामी आज बिहान पैदल मार्चमा निस्किसकेका थियौं । करिब दुई सय मिटर निस्केपछि स्थानीय प्रहरीले गृहमन्त्री भेट्न आउन लागेको जानकारी दिएको छ,’ उनले भने, ‘त्यसपछि हामी फर्केर फेरि हलमै बसेका छौं ।’

    असार २५ गते जनकपुरधामको तिरोतियागाछीबाट निस्केको मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’ सोमबार साँझ बाराको निजगढ पुगेको छ । न्याय खोजीमा निस्किएका सयौँ सहभागीहरूले ‘चुपचाप तमसूक फाड’ र ‘अधिकार माग्न काठमाडौँ जान पर्दैन’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर मार्चमा सहभागी भएका छन्। उनीहरू प्रत्येक दिन करिब २०–२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानी तर्फ अगाडि बढिरहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ