• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान

    323
    SHARES



    काठमाडौँ । राहदानी छपाइ प्रकरणमा देखिएका अनियमितताका विषयमा छलफल गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक आह्वान भएको छ ।

    समिति सभापति भरतबहादुर खड्काले मंगलबार बिहान ९ बजेका लागि राहदानी छपाइ प्रकरणका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

    उनले राहदानी छपाइबारे जानकारी लिन परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूलाई बैठकमा बोलाइएको बताए ।

    राहदानी खरिद प्रक्रियामा १० अर्ब १३ करोड रुपैयाँ बराबरको विवाद छ । यस विषयबारे समितिमा कुरा उठेको र उजुरी पनि परेकाले छलफलका लागि बैठक आह्वान भएको सभापछि खड्काले बताए ।

    असार २३ गते बसेको समिति बैठकमा राहदानी छपाइ प्रक्रियामा भएको भ्रष्टाचार र अनियमितताको विषय उठेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ