• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भुटानी शरणार्थी नेता टेकनाथ रिजाल ४ कसुरमा दोषी ठहर

    429
    SHARES



    काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई चारवटा मुद्दामा दोषी ठहर गरेको छ।

    उनलाई शरणार्थी परिचयपत्रमा किर्ते गरेको भन्दै सरकारी लिखत किर्ते सम्बन्धी कसुरमा दोषी ठहर गरिएको छ। त्यस्तै, ठगी तथा संगठित अपराधमा मतियार बनेको भनेर पनि दोषी करार गरिएको छ।

    नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा ठगी तथा संगठित अपराधको मतियार भएकाले राज्यविरूद्धको अपराधमा पनि अदालतले उनलाई मतियारको रूपमा दोषी ठहर गरेको छ। यसबाहेक उनी एकीकृत कसुर गरेकामा पनि दोषी ठहर भएका छन्।

    त्यस्तै यो मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे सहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले फैसला सुनाएको छ।

    न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त मुद्दामा उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार २९ गते अर्को पेसी तोक्न भनेको छ।

    २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव पाण्डे सहित ३० जनाविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुर लगाउँदै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।

    सूचना अधिकारी खतिवडाले उपलब्ध गराएको फैसलाको पूर्ण पाठ अनुसार ७ जना प्रतिवादीले सफाइ पाएका छन्। सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरूङ, सञ्जीव रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन्।

    प्रतिवादीहरूमध्ये पूर्वउपप्रधानमन्त्री रायमाझीलाई राज्यविरूद्धको कसुर, ठगी तथा संगठित अपराधमा जिल्ला अदालतले दोषी ठहर गरेको छ। पूर्वगृहमन्त्री खाँडलाई भने यिनै कसुरमा मतियार ठहर गरिएको छ।

    पूर्व गृहसचिव पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरूद्धको कसुरमा दोषी ठहर गरिएको जिल्ला अदालतको फैसलामा उल्लेख छ।

    त्यस्तै, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई सरकारी लिखत कीर्ते गरेको, ठगी तथा संगठित अपराधको कसुरमा मतियार बनेको र राज्यविरूद्धको कसुरमा पनि मतियार बनेको भन्दै दोषी ठहर गरिएको छ।

    जिल्ला अदालतले यो प्रकरणमा मुख्य योजनाकार भनिएका सानु भण्डारी र केशव दुलाललाई पनि सरकारी लिखत कीर्ते, ठगी तथा संगठित अपराध र राज्यविरूद्धको कसुरमा दोषी ठहर गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ