• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एन्फा पदाधिकारीको विदेश भ्रमण नरोक्न उच्च अदालतको आदेश

    418
    SHARES



    काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा सदस्यहरूको विदेश भ्रमणमा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ।

    न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसका आधारमा अध्यागमन विभागले लगाएको विदेश यात्रा रोकसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो।

    राखेपको सिफारिसपछि अध्यागमन विभागले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईसहित अन्य पदाधिकारी तथा सदस्यहरूको विदेश भ्रमणमा रोक लगाएको थियो। त्यसविरुद्ध एन्फा अध्यक्ष नेम्बाङ उच्च अदालत पुगेका थिए।

    अदालतले राखेपले विदेश भ्रमण रोक्न भन्दै लेखेको पत्र तथा त्यससम्बन्धी विभिन्न निकायमा भएका पत्राचारहरू तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

    एन्फाका पदाधिकारीमाथि संस्थागत आर्थिक हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। सोही आधारमा उनीहरूको विदेश भ्रमणमा रोक लगाइएको थियो।

    केही दिनअघि फिफा विश्वकपसम्बन्धी कार्यक्रममा सहभागी हुन विदेश जान लागेका एन्फा अध्यक्ष नेम्बाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको थियो। अदालतको पछिल्लो आदेशसँगै उक्त निर्णयको कार्यान्वयन तत्कालका लागि रोकिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ