• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बर्ड फ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    1K
    SHARES



    काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति वितरण गर्न पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ।

    बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति उपलब्ध गराउन उक्त रकम रकमान्तर गरी विभागलाई पठाइएको मन्त्रालयले जनाएको छ।

    पशुसेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार प्रभावित किसानलाई प्रमाणित क्षतिको आधारमा ७५ प्रतिशतसम्म क्षतिपूर्ति प्रदान गरिनेछ।

    विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा हालसम्म करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

    गत चैतदेखि फैलिएको बर्ड फ्लुको संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी नियन्त्रण अभियान जारी रहेको विभागले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ