• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

    301
    SHARES



    काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ । सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रद्वारा जारी सन्देशमा खामेनीको हत्याको बदला लिने घोषणा गरिएको हो ।

    इरानी मिडियाले मोहम्मद बाकरद्वारा हस्ताक्षरित सन्देश प्रकाशित गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सन्देशमा खामेनीको हत्याको बदला हत्यारहरूसँग अवश्य नै लिइने उल्लेख छ ।

    मोहम्मद बाकरको उक्त सन्देश सोशल मिडिया प्लेटफर्म ‘एक्स’द्वारा जारी गरिएको छ । इरानका सर्वोच्च नेता खामेनीको २८ फेबुअरी २०२६ मा अमेरिकी आक्रमणमा परी मृत्यु भएको थियो ।

    उक्त आक्रमण इरानमाथि अमेरिकी र इजरायलको पहिलो आक्रमण थियो । उक्त आक्रमणमा कयौं अन्य महत्वपूर्ण इरानी अधिकारीहरूका साथ–साथै उनको परिवारका केही सदस्य पनि मारिएका थिए ।

    खामेनीको अन्तिम संस्कार समारोह ४ देखि ८ जुलाईसम्म तेहरान, कोम र मशहदमा गरिने बीबीसीले जनाएको छ । ‘शोक सभाहरू इराकका सहरहरू बगदाद, काजमिन, कर्बला र नजफमा पनि आयोजना हुने छन्,’ समाचारमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ