• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सर्वोच्चमा सुनुवाइ

    1.3K
    SHARES



    काठमाडौं । एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

    सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त निवेदनमाथि सुनुवाइ तय भएको छ।

    विशेष अदालतले अनुसन्धानका लागि पौडेललाई थुनामा राख्न अनुमति दिएपछि उनले उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेका हुन्।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पदमा रहँदा गैरकानूनी लाभ लिएको तथा अपराधबाट आर्जित सम्पत्ति जोडेको आरोपमा अनुसन्धानका लागि गत साता पौडेललाई पक्राउ गरेको थियो।

    सर्वोच्च अदालतले आजको सुनुवाइपछि निवेदनमाथि आवश्यक आदेश जारी गर्ने अपेक्षा गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ