• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए

    121
    SHARES



    काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’का अन्तिम खेल सकिँदा स्पेन समूह विजेता र केप भर्डे उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेका छन्।

    मेक्सिकोको एस्टाडियो ग्वाडालाहारामा सम्पन्न खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्‍यो। स्पेनका लागि निर्णायक गोल आलेक्स बाएनाले ४२औँ मिनेटमा गरे। मार्कोस योरेन्तेको पासमा आएको उक्त गोल नै खेलको एकमात्र गोल बन्यो।

    यता अमेरिकाको ह्युस्टन स्टेडियममा केप भर्डे र साउदी अरेबियाबीचको खेल गोलरहित बराबरीमा सकियो। यो बराबरीसँगै केप भर्डे समूहको उपविजेता बन्दै इतिहासमै पहिलो पटक विश्वकपको अन्तिम ३२ मा प्रवेश गर्न सफल भएको छ।

    स्पेनले समूह चरण तीन खेलबाट दुई जित र एक बराबरीसहित शीर्ष स्थान हासिल गर्‍यो भने केप भर्डेले महत्वपूर्ण एक अंक जोड्दै नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो। उरुग्वे र साउदी अरेबियाको भने समूह चरणमै यात्रा समाप्त भएको छ।

    स्पेन र केप भर्डेको यो उपलब्धिसँगै समूह ‘एच’बाट अन्तिम ३२ पुग्ने दुई टोलीको टुंगो लागेको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ