• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा कैलालीमा एक सैनिकको मृत्यु, सहसेनानी घाइते

    396
    SHARES



    धनगढी । कैलालीमा नेपाली सेनाको तालिमका क्रममा ग्रिनेड विष्फोट हुँदा एक जना सैनिकको ज्यान गएको छ भने एक अधिकृत घाइते भएका छन् ।

    जिल्लाको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वनमा बिहीबार बिहान फायरिङ अभ्यास भइरहेका बेला आकस्मिक रूपमा ग्रिनेड विष्फोट भएको थियो । विष्फोटमा परी नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

    सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट बिहान ९ः१७ बजे टोली अभ्यासका लागि वन क्षेत्रमा पुगेको थियो । विष्फोटमा गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा दिउँसो १२ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    विष्फोटबाट उनको दाहिने हत्केला र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । सोही घटनामा सेनाका सहसेनानी हिमराज जोशीसमेत घाइते भएका छन् । विष्फोट हुँदा उछिट्टिएको छर्रा लागेर उनी घाइते भएका हुन् ।

    जोशीको अवस्था हाल सामान्य रहेको र उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको डीएसपी तिमिल्सिनाले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बुझिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ