• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश

    247
    SHARES



    काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ का अन्तिम खेलमा मेक्सिको र दक्षिण अफ्रिकाले जित हात पार्दै नकआउट चरणमा स्थान बनाएका छन्।

    मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३–० ले पराजित गर्‍यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेक्सिकोका लागि दोस्रो हाफमा मातेओ चाभेज र जुलियन किन्योनेसले गोल गरे।

    चाभेजले ५५औँ मिनेटमा लुइस रोमोको पासमा गोल गर्दै खाता खोलेका थिए भने ६१औँ मिनेटमा किन्योनेसले होर्गे सान्चेजको पासलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए। निर्धारित समय सकिनै लाग्दा इन्जुरी समयमा अल्भारो फिडाल्गोले गोल थप्दै मेक्सिकोको जितलाई ३–० मा पुर्‍याए।

    यता एस्टाडियो मोन्टेरेमा भएको अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले हरायो। निकै प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकाका लागि थापेलो मसेकोले ६३औँ मिनेटमा निर्णायक गोल गरे। टेबोहो मोरेमीको पासमा उनले गरेको गोल नै खेलको नतिजा तय गर्न पर्याप्त बन्यो।

    यो नतिजासँगै समूह विजेता मेक्सिको ९ अंकसहित शीर्ष स्थानमा रह्यो भने दक्षिण अफ्रिकाले महत्वपूर्ण तीन अंक जोड्दै अन्तिम ३२ मा स्थान सुरक्षित गर्‍यो। दक्षिण कोरिया र चेक गणतन्त्र भने समूह चरणबाटै बाहिरिएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ