• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    सेयर बजारमा १४.४५ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार

    264
    SHARES



    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा पुगेर बन्द भएको हो ।

    आजको कारोबार दिनमा बजारमा कुल ३३८ वटा कम्पनीको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा ६४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०० वटा कम्पनीको मूल्य घटेको छ । बाँकी १० वटा कम्पनीको मूल्य भने स्थिर रह्यो । बजार बन्द हुँदा कुल बजार पूँजीकरण ४५ खर्ब ५२ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ कायम भएको छ ।

    बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले भने उच्च नाफा कमाएका छन् । टक्सार पिखुवाखोला जलविद्युत र माथिल्लो यामलिङ हाइड्रोपावरको सेयर मूल्यमा १५ प्रतिशतको सकारात्मक सर्किट लागेको छ । त्यस्तै, भुजुङ हाइड्रोपावरको मूल्य १४.६९ प्रतिशतले बढेको छ ।

    कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत अग्रस्थानमा रह्यो । यस कम्पनीको २९ करोड ६२ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसपछि क्रमशः सोपान हाइड्रोपावरको १७ करोड २२ लाख र युनाइटेड मोदी हाइड्रोपावरको ११ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ