• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री बालेन

    268
    SHARES



    चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाडौं फर्किएका छन् ।

    ७ असारमा श्रीमती र छोरीसहित चितवन आएका शाह बुद्ध एयरमार्फत आज काठमाडौं फर्किएका हुन् । बालेनसहित उनका सचिवालयका केही सदस्य पनि काठमाडौं फर्किएका छ्न ।

    ७ असारमा महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका बालेन ८ असारमा चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्र भ्रमण गरेका थिए ।

    उनी ९ असार साँझ मात्रै महाविधेशनको बन्दसत्रमा आएका थिए । करिब डेढ घण्टा जति महाधिवेशनस्थलमा बसेका उनी पार्टी सभापतिमा रवि लामिछानेको प्रस्तावक बसे ।

    प्रधानमन्त्री शाह महाधिवेशन उद्घाटनस्थलबाट झन्डै १६ किलोमिटर पूर्व उत्तरतर्फ कालिका नगरपालिका-९ शक्तिखोरमा रहेको लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए ।

    सोही रिर्सोटमा खिचेको फोटो फेसबुकमा राखेर बालेनले लेखेका छन्, ‘भिजिट चितवन, न्यानो ठाउँ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ