• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी समाचार

    विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

    332
    SHARES



    काठमाडौं । विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

    विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन हिरासतमा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।

    अदालतको आदेशसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथिको अनुसन्धानलाई निरन्तरता दिने भएको छ। अनुसन्धानका क्रममा थप समय आवश्यक ठहरिएमा विभागले म्याद सकिनुअघि पुनः विशेष अदालतबाट म्याद थपको अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ।

    एमालेका उपाध्यक्षसमेत रहेका पौडेललाई आइतबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। सोमबार विशेष अदालतमा उपस्थित गराइएपछि अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।

    पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको विभागले जनाएको छ। अनुसन्धान जारी रहेकाले यस विषयमा थप विवरण सार्वजनिक गरिएको छैन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ