• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाल बाहिर निस्किन असफल

    274
    SHARES



    काठमाडौं । नेपाल फेरि पनि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी जोखिमपूर्ण सूची (ग्रे लिस्ट) बाट बाहिर निस्किन असफल भएको छ।

    फ्रान्सको पेरिसमा सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई उक्त सूचीमा निरन्तरता दिएको हो।

    एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानी नियन्त्रणका विश्वव्यापी मापदण्ड कार्यान्वयन गर्ने अन्तरसरकारी निकायका रूपमा काम गर्दै आएको छ। यसले मुलुकहरूलाई जोखिम मूल्यांकनका आधारमा ग्रे लिस्ट तथा ब्ल्याक लिस्टमा राख्ने गर्छ।

    निकायले प्रभावकारितासम्बन्धी ११ सूचक तथा प्राविधिकतर्फ ४० सूचकका आधारमा देशहरूको मूल्यांकन गर्ने गर्दछ।

    नेपाल यसअघि सन् २००८ मा पनि ग्रे लिस्टमा परेको थियो र सन् २०१४ मा उक्त सूचीबाट बाहिरिएको थियो। सन् २०१२ मा भने नेपाल झण्डै ब्ल्याक लिस्टमा पुग्ने अवस्थामा पुगेको थियो, तर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सहयोग र प्रतिबद्धतापछि त्यो अवस्था टरेको थियो।

    त्यसयता नेपालले कानुनी तथा नीतिगत सुधार गरे पनि पुनः ग्रे लिस्टबाट बाहिर निस्किन भने सकेको छैन।

    एफएटीएफले नेपाललाई सूचीबाट बाहिर निस्किनका लागि कानुन कार्यान्वयन, वित्तीय अनुगमन प्रणाली सुदृढीकरण र जोखिमयुक्त क्षेत्र नियन्त्रणलगायत सुधार गर्न सुझाव दिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ