• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रास्वपाको स्वागत गेटले रोकिएका ५ ट्रक गेट हटाएर गन्तव्यतर्फ पठाइयो

    379
    SHARES



    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि निर्माण गरिएका स्वागत गेटका कारण अड्किएका पाँच भारतीय ट्रकलाई गेट हटाएर गन्तव्यतर्फ पठाइएको छ।

    शनिबार दिउँसो करिब २ बजे पूर्वी चितवनको टिकौली जंगल क्षेत्रमा पुगेका ती ट्रक स्वागत गेटको उचाइ कम भएका कारण पार गर्न नसकी निपनी क्षेत्रमा रातभर रोकिएका थिए।

    आज बिहान स्वयंसेवक र प्रहरीको समन्वयमा स्वागत गेट अस्थायी रूपमा हटाइएपछि ट्रकहरूलाई गन्तव्यतर्फ पठाइएको हो। ट्रक पार गराएलगत्तै गेटहरू पुनः यथास्थानमा जडान गरिएको बताइएको छ।

    सुरुमा ट्रक चालकहरूलाई तीन दिनसम्म निपनीमै बस्न भनिएको भए पनि पछि वैकल्पिक व्यवस्थामार्फत ट्रकलाई अघि बढ्न दिइएको थियो।ट्रक चालकहरूका अनुसार उनीहरूले कुरिनटारस्थित बाह्रसिङ्गे बियर का लागि सामग्री बोकेर आएका थिए।

    रास्वपाको महाधिवेशनमा सहभागी प्रतिनिधि तथा अतिथिको स्वागतका लागि भरतपुरका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ। तर, ती गेटको उचाइभन्दा अग्ला ट्रक आउँदा आवागमनमा समस्या उत्पन्न भएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ