• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    अमेरिकी स्वतन्त्रता दिवसका दिन इरानले खामेनीको अन्तिम संस्कार सुरू गर्ने

    260
    SHARES



    काठमाडौँ । इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम संस्कारका कार्यक्रम जुलाई ४ देखि सुरू गर्ने भएको छ।राजधानी तेहरानबाट खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम सुरू हुने भनिएको छ।

    जुलाई ४ मा अमेरिकाले २५० औं स्वतन्त्रता दिवस मनाउँदैछ। अमेरिकी स्वतन्त्रता दिवसकै दिन खामेनीको अन्तिम संस्कार सुरू गरिनु संयोग मात्रै नभई इरानले अरू सन्देश दिन खोजिएको आकलन गरिएको छ।

    तेहरानबाट अन्तिम श्रद्धाञ्जली सुरू हुने र जुलाई ९ मा खामेनीको शव दफन गर्ने कार्यक्रम छ। अन्तिम संस्कारको कार्यक्रम अनुसार कार्यक्रमअन्तर्गत जुलाई ७ मा तेहरानको दक्षिणमा रहेको पवित्र सहर कोममा विशेष श्रद्धाञ्जली समारोह आयोजना गरिनेछ।

    अन्तिम संस्कारको अन्तिम चरण भने उत्तरपूर्वी सहर मशहदमा हुनेछ। मशहद खामेनीको गृहसहर हो। त्यहाँ उनको शव दफन गरेपछि अन्तिम संस्कारका कार्यक्रम सम्पन्न हुनेछ। खामेनी फेब्रुअरी २८ मा अमेरिका र इसराइलले गरेको संयुक्त हमलामा मारिएका थिए।

    ८६ वर्षीय धर्मगुरुले ३६ वर्षसम्म इस्लामिक गणतन्त्र इरानको नेतृत्व गरेका थिए। इस्लामिक कानुनअनुसार मृत व्यक्तिलाई सकेसम्म छिटो, आदर्श रूपमा २४ घण्टाभित्र दफन गर्नुपर्ने मान्यता छ।

    तर युद्धजस्ता विशेष परिस्थितिमा अपवादको व्यवस्था हुने बताइएको छ। सन् १९८९ देखि सत्तामा रहेका खामेनेईले इरानलाई अमेरिकाविरोधी शक्तिशाली राष्ट्रका रूपमा स्थापित गरेका थिए।

    उनले लेबननमा इरान समर्थित समूह हिजबुल्लाह जस्ता प्रोक्सी समूहमार्फत मध्यपूर्वमा इरानको सैन्य प्रभाव विस्तार गरेका थिए भने देशभित्रको असन्तुष्टि कडाइका साथ दबाएका थिए। आफ्नो शासनकालभर खामेनेई अमेरिकाको कडा आलोचक थिए।

    यद्यपि अमेरिकी प्रशासनहरूले इरानको आणविक कार्यक्रमलाई लिएर जारी विवाद समाधान गर्ने प्रयास बारम्बार गरे पनि ठोस सफलता हासिल हुन सकेको थिएन। खामेनी मारिएको हवाई आक्रमणले तेहरानस्थित उनको केन्द्रीय आवास पूर्ण रूपमा ध्वस्त बनाएको जनाइएको छ।

    उक्त आक्रमणमा उनका ५६ वर्षीय छोरा मोज्तबा खामेनी घाइते भएका थिए भने उनकी पत्नीको मृत्यु भएको बताइएको छ। त्यसपछि मोज्तबाले सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ