• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात

    128
    SHARES



    काठमाडौं । २८ वर्षपछि पुनरामगन गरेको स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा सुखद सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो ।

    स्कटल्यान्डको जितमा जोन म्याकगिनले निर्णायक गोल गरे । जोनले २९औं मिनेटमा गरेको गोलले नै स्कटल्यान्डलाई जितका लागि पर्याप्त भयो । स्कटल्यान्डसँग बराबरी बल पोसेसन बनाएको हाइटीले गोल भने गर्न सकेन ।

    जितसँगै स्कटल्यान्डले ३ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । उक्त समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ । स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ ।

    स्कटल्यान्डले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन नसकेको स्कटल्यान्ड २८ वर्षपछि छनोट भएको थियो ।

    यस्तै स्कटल्यान्डको विश्वकपमा ३६ वर्षपछि पहिलो जित पनि हो । पछिल्लोपटक सन् १९९० मा स्कटल्यान्डले स्वीडेनलाई २-१ ले हराएको थियो । अब आजको चौथो खेलमा अस्ट्रेलिया र टर्की खेल्नेछन् । उक्त खेल क्यानडाको भ्यानकुभर स्टेडियममा बिहान पौने १० बजेबाट सुरु हुनेछ ।

    आजको पाँचौं खेल जर्मनी र कुराकाओबीच राति पौने ११ बजेबाट सुरु हुनेछ । यसअघि आजै भएको खेलमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ